• १७ असोज २०८३, शनिबार
  • ८ः४३ बिहान

इंग्लिस क्लब टोटेनहमका खेलाडीलाई कोरोना संक्रमण

प्रकाशित मिति

२०७८ मंसिर २३ गते, बिहीबार ०८:३४

मंसिर २३, २०७८ काठमाडौं : इंग्लिस क्लब टोटेनहमका आठ खेलाडी र ५ जना कर्मचारीलाई कोरोना भाईरसको संक्रमण देखिएको छ।

National Life

टोटेनहमका मुख्य प्रशिक्षक एन्टोनियो कोन्टेका अनुसार युरोपा कन्फेरेन्स लिग अन्तर्गत रेनसविरूद्धको खेलअघि गरिएको परीक्षणमा खेलाडीमा कोरोना देखिएको हो।


आफ्ना प्रमुख खेलाडीलाई कोरोना संक्रमण भएपछि टोटनहम र रेनसबीच बिहिबार हुने खेल स्थगित भएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

कोन्टेले टोलीमा हरेक दिन कोरोनाका केश देखिएकाले भोलि के हुने भनेर अलिक डराइरहेको बताएका छन्। ‘अब, निश्चित रूपमा, हामी अलि डराउँछौं किनभने भोलि के हुन्छ हामीलाई थाहा छैन। हरेक दिन, हामीसँग पोजेटिभ केशहरू आइरहेका छन्। यो राम्रो अवस्था होइन’, उनले भने।


टोटेनहमले बिहीबार रेनससँग खेल्ने तालिका थियो। अन्तिम ३२ को सम्भावना कायम राख्न टोटेनहमलाई रेनेसविरूद्ध खेल जित्नुपर्नेछ। त्यसैगरी, टोटेनहमले आइतबार प्रिमियर लिगमा ब्राइटनविरुद्ध खेल्ने तालिका छ।

प्रतिकृया