• २ असोज २०८३, शुक्रबार
  • ३ः२९ दिउँसो

इन्भेष्टमेण्ट बैंकको साधारण सभा सम्पन्न

प्रकाशित मिति

२०७८ मंसिर १७ गते, शुक्रबार ०६:०६

१७ मंसिर २०७८, काठमाडौं: नेपाल इन्भेष्टमेण्ट बैंकको साधारण सभा आज सम्पन्न भएको छ । बैंकको ३५औं वार्षिक साधारण सभा भर्चुअल माध्यमबाट भएको हो ।बैंकको सञ्चालक समितिको बैठकले १६ प्रतिशत कुल लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

National Life

१२ दशमलव ६११ प्रतिशत लाभांश (बोनस सेयर) र बैंकको कुल चुक्ता पुँजीको ३.३८९ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव सर्वसहमतिका साथ पारित गरेको बैंकले जनाएको छ ।


बैंकले गत आर्थिक वर्षे ५.११ अर्ब रुपैयाँ सञ्चालन नाफा ,खुद नाफा ३.५५ अर्ब रुपैयाँ पुगेको छ भने कुल चुक्ता पुँजी १८.३० अर्ब रुपैयाँ पुर्याउने निर्णय गरेको जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपाल इन्भेष्टमेण्ट बैंकले ८८ शाखा, १३१ एटीएम, २० एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५८ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत् आफ्ना ग्राहकलाई सेवा पुयाउँदै आएको छ ।

प्रतिकृया