• २० असोज २०८३, मंगलबार
  • ८ः३२ राती

कलंकीमा भ्यानको ठक्करबाट पैदलयात्री गम्भीर घाइते

प्रकाशित मिति

२०७८ मंसिर १५ गते, बुधबार १०:३१

१५ मंसिर २०७८, काठमाडौं: काठमाडौंको कंलकीमा भ्यानको ठक्करबाट एक जना पैदलयात्री गम्भीर घाइते भएका छन् ।

National Life

मकवानपुरको बागमती गाउँपालिका ३ झुरझुरे घर भई ललितपुरको नख्खु बस्दै आएका ३३ वर्षीय जिम्बा लामा भ्यानको ठक्करबाट घाइते भएका हुन् ।


लामाको महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । टाउको र खुट्टामा चोट लागेका लामाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

मंगलबार राति करिब साढे १० बजे नम्बर खुल्न नसकेको सेतो भ्यानले लामालाई ठक्कर दिएको थियो ।


शंकास्पद एउटा भ्यान र त्यसका चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाको अनुसन्धान गरिरहेको महानगरीय प्रहरी वृत्त कालीमाटीले जनाएको छ । अनुसन्धानका लागि सीसीटीभीको पनि सहायता लिइएको प्रहरीले बताएको छ ।

प्रतिकृया