सर्वोच्चमा आजदेखि गोला प्रथाबाट मुद्दाको पेसी तोकिने, अहिलेसम्मकै नयाँ इतिहास
प्रकाशित मिति
२०७८ मंसिर १५ गते, बुधबार १०:१९
१५ मंसिर २०७८, काठमाडौं: सर्वोच्च अदालतमा ३८ दिन लामो गतिरोधपछि आज बुधबारबाट गोला प्रथाबाट मुद्दाको पेसी व्यवस्थापनको सुरुवात हुँदै छ । सर्बोच्चको इतिहासमा पहिलोपटक गोलाप्रथाबाट मुद्दाको पेसी तोकिन लागिएको हो ।
पेसी व्यवस्थापनमा नै सेटिङ हुने गरेको भन्दै प्रधानन्यायाधीश जबराले तोकेको पेसी र गरेको इजलास गठनमा नबस्ने भन्दै न्यायाधीशहरूले इजलास बहिष्कार गरेपछि सर्वोच्चमा उक्त पेसी व्यवस्थापनको नयाँ तरिका अपनाइएको हो ।
३८ दिनसम्म इजलास बहिष्कार गरेर आन्दोलन गरेका न्यायाधीशहरूले दुई साताअघि मात्रै सर्वोच्च अदालत नियमावली संशोधन गरी प्रधानन्यायाधीशले पेसी तोक्ने व्यवस्थामा परिवर्तन गरी गोला प्रक्रियाबाट पेसी तोकिने व्यवस्था गराएका थिए । त्यसपछि एक साताअघि बसेको पूर्ण बैठकले मंसिर १५ गतेबाट लागू हुने गरी गोला प्रक्रियाबाट पेसी व्यवस्थापन हुने निर्णय गरेको थियो । यहिअनुसार बुधबारदेखि गोला प्रक्रियाबाट पेसी व्यवस्थापन हुन लागेको हो ।
१५ मंसिर २०७८, काठमाडौं: सर्वोच्च अदालतमा ३८ दिन लामो गतिरोधपछि आज बुधबारबाट गोला प्रक्रियाबाट मुद्दाको पेसी व्यवस्थापनको सुरुवात हुँदै छ । सर्बोच्चको इतिहासमा पहिलोपटक गोलाप्रथाबाट मुद्दाको पेसी तोकिन लागिएको हो ।

प्रतिकृया