पुसबाट निजी वायुसेवाले पनि नेपाल भारत उडान गर्ने
प्रकाशित मिति
२०७८ मंसिर १५ गते, बुधबार ०९:५६
१५ मंसिर २०७८, काठमाडौं : भारत सरकारले एयर बबल सम्झौता खारेजी गरेसँगै पुसबाट नेपाल र भारतका निजी वायुसेवा कम्पनीले नियमित उडान सुरु गर्न पाउने भएका छन्।
भारतको नागरिक उड्डयन प्राधिकरणले केही दिन अघि एयर बबल खारेज गरेको थियो। कोभिड-१९का कारण भारतले दुईतर्फी उडानमै बन्देज लगाएपछि एक वर्ष यता एयरबबल सम्झौता अनुसार दुई मुलुकका ध्वजावाहकले काठमाडौं-नयाँदिल्ली उडान गर्दै आएका थिए।
निजी वायुसेवा कम्पनीले नियमित उडान सुरु गर्न आन्तरिक गृहकार्य गरिरहेका छन्। काठमाडौं-दिल्ली साताको सातवटा उडान गर्दै आएको निगमले पुसबाट साताको १४ वटा उडान गर्ने जनाएको छ। निगमले काठमाडौं-दिल्ली तर्फ साताको १४ वटा र बैंगलोर र मुम्बई साताको दुई-दुईवटा गरी कुल १८ वटा उडान गर्ने जनाएको छ।
हाल साताको सातवटा उडान गर्दै आएको एयर इण्डियाले पनि पुसबाट काठमाडौं-दिल्ली साताको १४ वटा र काठमाडौं-कोलकाता साताको चार गरी कुल १८ वटा उडान गर्ने योजना बनाएको छ।
हालै अफ्रिकाबाट फैलिन सुरु भएको ओमिक्रोन भाइरसका कारण नेपाल-भारत उडान गर्दै आएका निजी वायुसेवा कम्पनी भने द्धिविधामा छन्।








प्रतिकृया