• २० असोज २०८३, मंगलबार
  • ९ः२० राती

जुम्लामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु

प्रकाशित मिति

२०७८ मंसिर १५ गते, बुधबार १०:४२

१५ मंसिर २०७८,काठमाडौं : जुम्लाको सिंजा गाउँपालिकामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । प्रारम्भिक जानकारीअनुसार घटनास्थलमा नवीन रावल र विशाल बमको मृत्यु भएको उनले बताए ।

National Life

कनकासुन्दरी गाउँपालिकाको गुठीज्यूलाबाट नेपालगञ्ज जाँदै गरेको ना६ख ४४३८ नंबरको बस सिंजा गाउँपालिका २ जुम्ला घोडेङ्गा गाउँमा दुर्घटना भएको हो ।


बस सडकदेखि करिब २०० मिटर तल खसेको जुम्लाका प्रमुख कार्यलयले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

बसमा चार जना मात्र सवार थिए । घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजान एम्बुलेन्स पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिकृया