• २ असोज २०८३, शुक्रबार
  • ७ः४७ बेलुका

पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा उम्मेदवारी दिने निर्णय गरेको छु : युवा नेता पाण्डे

प्रकाशित मिति

२०७८ मंसिर १३ गते, सोमबार ११:२८

१३ मंसिर २०७८, काठमाडौं : नेपाली काँग्रेसका युवा नेता वद्री पाण्डेले पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा उम्मेदवारी घोषणा दिने निर्णय गरेको बताएका छन् । उनले १४औं महाधिवेशनमा यस कोटाबाट सहमहामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।

National Life

आज सोमबार बिहान अनामनगरस्थित युनियन हाउसमा पत्रकार सम्मेलन गरेर पाण्डे संस्थापन इतर पक्षबाट सहमहामन्त्री लड्ने बताएका हुन् ।


‘१२औं महाधिवेशनमा अञ्चलकोटामा केन्द्रीय सदस्य भएको थिएँ । १३औं महाधिवेशन खुलाबाट केन्द्रीय सदस्य बने । अब पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा उम्मेदवारी दिने निर्णय गरेको छु, ‘ उनले भने ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपाल विद्यार्थी संघको राजनीतिबाट काँग्रेसमा प्रवेश गरेका पाण्डेले १५औं महाधिवेशन सहमहामन्त्री उम्मेदवार नदिने आजै घोषणाा गरे । उनले भने, ‘म सहमहामन्त्री १५औं महाधिवेशन उठ्ने छैन । सके महामन्त्री वा उपसभापति बन्ने प्रयास गर्ने छु । त्यो सम्भव नभए म कुनै पदमा उम्मेदवार नबन्न पनि तयार छु ।’

प्रतिकृया