• २ असोज २०८३, शुक्रबार
  • ७ः११ बेलुका

ईश्वर पोखरेलसहित पाँच पदाधिकारी निर्विरोध

प्रकाशित मिति

२०७८ मंसिर १३ गते, सोमबार ११:१८

३ मंसिर २०७८, काठमाडौं: नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलसहित पाँच जना पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन् । उनीहरुको औपचारिक घोषणा हुन भने बाँकी छ । वरिष्ठ उपाध्यक्षमा अन्य कसैको उम्मेदवारी नपरेपछि पोखरेल निर्विरोध निर्वाचित हुने भएका हुन् ।

National Life

महासचिव पदमा पनि अरु कसैको उम्मेदवारी नपरेपछि शंकर पोखरेल निर्विरोध हुने निश्चित भएको केन्द्रीय निर्वाचन आयोगका एक सदस्यले जानकारी दिएका छन् ।


त्यस्तै, तीन सिट रहेको उपमहासचिव पदमा प्रदीप ज्ञवाली, विष्णु रिमाल र पृथ्वी सुब्बा गुरुङ पनि निर्विरोध निर्वाचित हुने भएका छन् । मनोनयनको म्याद सकिँदा पनि उपमहासचिव पदमा कसैको उम्मेदवारी परेको थिएन ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया