• १९ असोज २०८३, सोमबार
  • ४ः३७ बेलुका

मूल्यवृद्धिसँगै तरलतामा पनि चाप बढ्ने : राष्ट्र बैंक

प्रकाशित मिति

२०७८ मंसिर १० गते, शुक्रबार ११:४०

१० मंसिर २०७८, काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा स्थानीय तहको निर्वाचनमा हुने खर्चले समष्टिगत माग थप विस्तार भई मूल्य र आयातमा चाप पर्ने स्थिति आएको जनाएको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप परिचालनको तुलनामा कर्जा विस्तार अधिक रहेकोले तरलतामा चाप पर्ने स्थिति देखिएको छ ।

National Life

शुक्रबार मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्दै केन्द्रीय बैंकले पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिले समेत नेपालको मुद्रास्फीति बढ्ने देखिएको जनाएको छ । साथै, बैंकले गरेको मुद्रास्फीति अपेक्षा सर्वेक्षणमा समेत आगामी दिनमा मूल्यवृद्धिमा थप चाप पर्ने देखिएको जनाइएको छ ।


आर्थिक वर्ष २०७८ र ७९ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६.५ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य रहेकोमा पहिलो तीन महिनामा औसत उपभोक्ता मुद्रास्फीति ४.०३ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

वार्षिक विन्दुगत आधारमा ०७८ असोजमा उपभोक्ता मुद्रास्फीति ४.२४ प्रतिशत रहेको छ । ०७७ असोजमा यस्तो मुद्रास्फीति ३.७९ प्रतिशत थियो ।


आर्थिक पुनरूत्थानको चरणमा कर्जाको माग बढिरहेको र यस्तो कर्जाको ठूलो हिस्सा आयात भुक्तानीमा खर्च भइरहेको तर विपे्रषण आप्रवाह अपेक्षित रूपमा बढ्न नसकिरहेकोले बाह्य क्षेत्र स्थायित्वमा दबाब कायमै रहने देखिएको बैंकले जनाएको छ ।

प्रतिकृया