महाधिवेशनबाट सशक्त र एकताबद्ध एमाले निर्माण गर्ने शंकर पोखरेलको दाबी
प्रकाशित मिति
२०७८ मंसिर १० गते, शुक्रबार ११:३१
१० मंसिर २०७८, काठमाडौं : एमाले महाधिबेशनबाट सशक्त र एकताबद्ध एमाले निर्माण गर्ने शंकर पोखरेलले दाबी गरेका छन् ।
दशौं महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी कार्यकर्ताहरूलाई शुभकामना दिँदै पोख्रेलले उक्त अभिब्यक्ति दिएका हुन् । विगतका महाधिवेशनमा जस्तो यसपटक कोही पनि समूहगत रूपमा विभाजित नभएको भन्दै पोखरेलले महाधिवेशनले सशक्त र एकताबद्ध एमाले निर्माण हुने बताएका छन् ।
‘हामी कुनै विचार समूहमा विभाजित भएका छैनौं । महाधिवेशनबाट सशक्त र एकताबद्ध एमाले निर्माण गर्दैंछौं’, पोखरेलले भने, ‘कार्यकर्ताहरूले दिएको म्यान्डेटअनुसार हामी अगाडि बढेका छौं । कार्यकर्ताहरूको म्यान्डेटविपरीत हामी अगाडि बढ्दैनौँ ।’
पोखरेलले ‘पार्टी एकताबद्ध र एकढिक्का रहेको समेत बताएको छन् । पार्टी एकताबद्ध र एकढिक्का छ, यतिबेला नेतृत्वप्रति असहमति प्रदान गर्ने कुरा पार्टी र आन्दोलनको हितमा हुँदैन ।’
एमाले एकताका साथ महाधिवेशनमा होमिएको नेकपा एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलको भनाइ छ ।








प्रतिकृया