• २० असोज २०८३, मंगलबार
  • २ः१९ दिउँसो

कैलालीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु, स्थानीयले गरे ट्रकमाथि आगजनी

प्रकाशित मिति

२०७८ मंसिर ९ गते, बिहीबार ०४:१०

९ मंसिर २०७८, काठमाडौं : कैलालीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएपछि स्थानीयले ट्रकमाथि आगजनी गरेका छन् ।

National Life

बिहीबार दिउँसो लम्कीचुहा नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गमा सडक काटिरहेको अवस्थामा ना २ ख ९३७० नम्बरको ट्रकले ठक्कर दिदा टीकापुर नगरपालिका २ की गोमा थापा (४०) को मृत्यु भएको प्रहरीले जनाएको छ ।


आगजनीबाट ट्रक क्षतिग्रस्त बनेको छ भने पूर्वपश्चिम राजमार्ग तनावग्रस्त भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

जिल्ला प्रहरी कार्यालय कैलालीकाअनुसार मृतकका आफन्तले राजमार्गमा सिर्जना गरेको अवरोध हटाउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको छ र स्थिती नियन्त्रणमा लिन अश्रुग्याँस समेत प्रहार गरिएको छ ।


मृतकका आफन्तले उचित क्षतिपूर्ति र दोषीलाई कारवाहीको माग गर्दै अहिले पनि राजमार्ग क्षेत्रको अवरोध कायमै राखेका छन् ।

प्रतिकृया