कुमारी बैंकलाई भ्यालुयर्स एसोसिएशनको चेतावनी : चौरासियालाई रिहा नगरे ४० हजार इन्जिनियर सडकमा उतार्ने
प्रकाशित मिति
२०७८ मंसिर ८ गते, बुधबार ०४:३८
८ मंसिर २०७८, काठमाडौं : नेपाल भ्यालुयर्स एसोसिएसनले कुमारी बैंकले गलत नियतले मूल्याङ्कनकर्ता ईन्जिनिरलाई जेल हालेको विषयमा तत्काल रिहा गर्न माग गर्दै एसोसिएशनले बुधबार थापाथलीस्थित् नेपाल बैंकर्स एसोसिएशनको कार्यालयमा विरोध तथा धर्ना दिएको छ। चौरासियालाई तत्काल रिहा नगरे ४० हजार इन्जिनियर सडकमा उतार्ने उक्त एसोसियसनले चेतावनी दिएको छ ।
विरोध कार्यक्रमलाई सम्बोधन गर्दै एसोसिएशनका अध्यक्ष ई ऋषि कोइरालाले आन्दोलनको क्रममा चौरासियाको कुनै कमजोरी नभएकाले तत्काल रिहाई गर्न माग गरे । उनले भने,‘ ई चौरासीयाको तत्काल रिहाई नभएमा ससक्क्त आन्दोलन गर्नेछौं ।’ देशभरका इन्जिनियर काठमाडौंमा उतार्ने चेतावनी दिँदै उनले भने,‘तपाईहरुले हामीलाई कमजोरी देख्नु भएमा देशभरका ४० हजार भन्दा बढी इन्जिनियरहरु सडकमा उतार्ने छौं । यो समस्याले गर्दा देशमा आर्थिक संकट आएमा त्यसको जिम्मेवारी बैंकर्स एसोसिएशन हुनुपर्छ ।’
उनले लोन लिने एउटा, लोन दिने एउटा भन्दै उनले यसमा इन्जिनियरको केही भूमिका नभएको पनि स्पष्ट पारे । उनले माफियालाई लोन दिने अनी मूल्याङकनकर्ताले तिर्नुपर्ने काम गराउन खोजेको भन्दै यो आन्दोलन अब निर्णायक हुने बताए ।
एसोसिएशनले पहिलो चरण अन्तर्गतको तेस्रो कार्यक्रममा आज बैंकर्स एसोसिएशनको कार्यालयमा धर्ना, च्याप्टरहरुको हकमा सम्बन्धित च्याप्टरहरुको कुमारी बैंकको शाखाहरुमा पनि धर्ना तथा विरोध कार्यक्रम गरेको छ ।
बैंकले उपलब्ध गराएका कागजपत्रका आधारमा मूल्याङ्कनकर्ताले रिपोर्ट तयार गरी बैंकले ऋणिलाई कर्जा उपलब्ध गराएकोमा यतिबेला सम्बन्धित ऋणीबाट १९ करोड रकम फिर्ता नभएको सन्दर्भमा उक्त रकम मूल्याङ्कनकर्ता ईन्जिनियरबाट परिपुर्ति गर्ने विषयलाई विरोधस्वरूप विरोध कार्यक्रमको आयोजना गरिएको एशोसिएशनले जनाएको छ ।
एसोसिएसनले विभिन्न मागहरू सहित ईन्जिनिर राजेश कुमार चौरसीयालाई निर्शत रिहाईको माग गदै विभिन्न चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा गदै आइरहेको छ । एसोसिएशनले चौरासियालाई निशर्त रिहाई नगरेसम्म आन्दोलनका कार्यक्रम जारी राख्ने जनाएको छ ।








प्रतिकृया