राजस्वले चालु खर्च धान्न मुस्किल भयो : अर्थमन्त्री शर्मा
प्रकाशित मिति
२०७८ मंसिर ८ गते, बुधबार ०४:४९
८ मंसिर २०७८, काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले राजस्वले चालु खर्च धान्न समेत मुस्किल भएको बेला निजि क्षेत्रले आफ्नो स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बताएका छन् ।
नेपाल आर्थिक पत्रका संघ (नाफिज)ले बुधबार काठमाडौंमा आयोजना गरेको आर्थिक पुनरूउत्थानमा सार्वजनिक निजी साझेदारी विषयक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले नीजी क्षेत्रको प्राथमिकता राष्ट्र निर्माण र आर्थिक विकासमा केन्द्रित हुनुपर्ने बताएका हुन् ।
उनले निजी क्षेत्रको लगानि राष्ट्र निर्माण र आर्थिक विकासमा आधारित हुनु पर्ने उल्लेख गर्दै मन्त्री श्रेष्ठले निजी क्षेत्रका केही व्यवसायी आफ्नो स्वार्थमा लागे पनि आम निजी क्षेत्र आर्थिक विकास र राष्ट्र निर्माणमा रहेको बताए । देशको बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा रहेकोले कोभिड पछिको आर्थिक पुनरूउत्थानमा निजी क्षेत्रले खोजेजस्तो सहुलियत दिन नसकेको बताए ।
उनले भने, ‘अहिले सरकारको बजेट र लगानी सानो रहेको छ, हामीले निर्माण गरेका संरचनाहरुको खर्च गर्ने प्रवृति हेर्दा चालु खर्चलाई मात्रै पनि धान्न समस्या छ, यसले गर्दा नेपालको बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा छ, अहिले राजस्वले चालू खर्च पनि धान्न मुस्किल भएको छ, भएका चिजको व्यवस्थापन गर्न नसक्दा मुलुकका बजेट प्रणाली समस्याग्रस्त बन्दै गएको छ, कोभिड पछिको आर्थिक पुनरूउत्थानमा निजी क्षेत्रले खोजेजस्तो सहुलियत उपलब्ध हुन नसकेको छैन, त, नीजी क्षेत्रको खाजेजस्तो सहुलियत पुरा गर्ने प्रयास जारी छ ।’
अर्थमन्त्री शर्माले मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका प्रसंशायोग्य भएको बताए । उनले अब सरकारसँग मिलेर नीजि क्षेत्रले ठूला पुर्वाधार निर्माणमा लगानी गर्न आग्रह समेत गरे ।








प्रतिकृया