• ३ साउन २०८३, आइतबार
  • ३:३६ बेलुका

फुटपरस्त तथा अवसरवादी प्रवृत्तिहरुको विरुद्ध मार्क्सवादी संगठन निर्माण १० औ महाधिवेशनको कर्तव्य

प्रकाशित मिति

२०७८ मंसिर ७ गते, मंगलवार ०४:२४

अशोक राउत,

७ मंसिर २०७८, काठमाडौं: मंसिर १० गते नेकपा (एमाले)को १० औ महादिवेशन हुदैछ । सो महाधिवेशन सर्वहारावर्गका महान नेतृत्वकर्ताहरु तथा जनताको बहुदलिय जनवादलाई आत्मसात गर्दै समाजवादी क्रान्तिको मार्ग तय गरेका प्रमुख संगठनकर्ताहरुको विशाल जमघट तथा साक्षातकार हुनेछ । बिगतका महाधिवेशन भन्दा एकदमै भिन्न रहने यस महाधिवेशनमा ऐतिहासिक महत्वको घटना हुने निस्चितप्रया छ ।

Kamana Sewa

एमालेले आफ्नो स्थापना कालदेखी आत्मसात गरेको माक्र्सवादी दर्शन जसले विश्वको अधिकांश भूभागलाई सामन्तवादी व्यवस्थाबाट प्रत्यक्ष तथा परोक्षरुपमा अलग पारी मानवजातिको इतिहासमा एउटा नयाँ युगको सूत्रपात गर्यो र मानव जातीको मुक्ति संघर्षको दौरानमा पुजीँवाद विरुद्धको लडाईमा एउटा नयाँ अध्यायको शुरु गर्ने जमर्को गर्यो।जुन विचारलाई स्थापना काल देखी समय सापेक्ष विभिन्न काल खन्डमा नेकपा (एमाले)ले थप परिस्कृत र परिमार्जन गर्दै आफ्नो पाँचौ महाधिवेशनमा जननेता मदन भण्डारीको नेतृत्वमा जनताको वहुदलिय जनवाद कार्यक्रम मार्फत विश्व सर्वहारा वर्गको आन्दोलनमा नयाँ खालको बैचारीक वहस छेडेको थियो ।

Classic Tech Desktop

माक्र्सवादको सिर्जनशिल प्रयोगमा नयाँ ढङ्गले नेतृत्व प्रदान गर्यो । भण्डारीको मृत्युपछि विभिन्न क्षेत्रहरुबाट र विभिन्न खालका अवसरवादी तत्वहरुबाट माक्र्सवादमाथि भएको भयानक हमलाहरुसंग प्रत्यक्ष मुकाविला गरी क्रान्तिकारी सिद्धान्तहरुको रक्षा गर्ने ज्यादै गम्भीर तथा बोझिलो भार बोक्ने प्रमुख पार्टी एमाले थियो र अहिले पनि उक्त सृङ्खला जारी नै छ ।


जसले सारा माक्र्सवादीहरुलाई आफ्नो झण्डामुनि संगठित गरेर नेतृत्व प्रदान गयो र नेपाली सर्वहारा वर्गको मुक्ति आन्दोनलाई निकै अगाडि बढायो । माक्र्सवादका क्रान्तिकारी सिद्धान्तहरुको संरक्षण गरेर त्यसलाई नयाँ युगको बहु धुर्वीय साम्राज्यवाद र विस्तारवादका विरुद्ध रचनात्मक ढंगले व्याख्या गरेर अहिलेको समयमा नेकपा (एमाले) ले माक्र्सवादलाई नयाँ चरणमा विकसित गरीसकेको छ । जनताको बहुदलिय जनवाद त्यही नयाँ चरण हो जुन माक्र्सवादको विकासमा एक ऐतिहासिक खुड्किलो सावित भैसकेको छ ।


विभिन्न समयमा विभिन्न रुप लिएर देखापरेका फुटपरस्त तथा अवसरवादी प्रवृत्तिहरुको विरुद्ध अनवरत रुपमा निर्मम तथा सम्झौताहीन संघर्षको पहल एमालेकै नेतृत्वमा भैरहेको छ । जनताको क्रान्तिकारी आन्दोलनलाई सफलतापूर्वक अघि बढाउने हो भने, समाजवादको निर्माण गर्ने हो भने, नेकापा एमालेले आफ्नो कार्यदिशालाई ईतिहाँसको निर्र्मम समिक्षा गर्दै वर्तमानका मुलभुत मुद्धाहरुलाई ख्याल गर्दै भविष्यलाई नेतृत्व प्रदान गर्ने अभिलासा लाई केन्दविन्दुमा राखी अगाडी वढाउनु जरुरी छ । अवसरवाद भनेको मजदूर, किसान तथा सर्वहारा आन्दोलनभित्र पुँजीवादी प्रभाव हो जुन अहिलेको नेपाली समाजको प्रमुख समस्याको रुपमा चुनौती वनेर अगाडी ठिङ्ग उभिरहेकोे छ ।


अवसरवादको विरुद्ध संघर्षकोे लागि, यो महाधिवेशन अति महत्वपूर्ण रहेको छ । यस महाधिवेशन मार्फत कम्युनिष्ट आन्दोलनभित्रका विभिन्न गैर–सर्वहारा विचार तथा प्रवृत्तिहरु र विभिन्न खालका अवसरवादीहरुको विरुद्ध संघर्षको संखघोष गर्नुपर्ने छ । आन्दोलनको मोर्चामा सहभागी हुने तथा उपलब्धि रक्षाको जिम्मेवारीलाई बोध गर्न नसक्ने जुन प्रवृत्ती देखा परिरहेको छ जुन गैर–माक्र्सवादी अराजनितिक धार हो जुन धार आमजनताको तागतमा विश्वास नगरेर व्यक्तिवादको वकालत गरीरहेको छ, जुन धार यसबेला नेकापा ९एमाले० को आन्तरीक जिवनका लागि मुख्य बाधक बनिरहेको छ ।


मदन भण्डारीको मृत्युपछि एमालेको जिवनमा सर्वत्र अवसरवादीहरु देखा परे । जनताको वहुदलिय जनवादका विरुद्ध केहीले हिंसात्मक तथा केहीले शान्तिपूर्ण संक्रमणको सिद्धान्तको वकालत गरे । त्यो नेकपा एमालेलाई जनतावाट विदाई गर्ने पहिलो प्रयत्न थियो, माओवादीको राजाको नेतृत्व स्विकार गरेर संसदवादी दललाई तह लगाउने उद्घोस त्यसको ठोस तथा पूर्ण अभिव्यक्ति थियो, भने कांग्रेसीहरुको प्रत्यक्ष हस्तक्षपमा एमाले पार्टी विभाजन त्यसको दोस्रो पुर्ण अभिव्यक्ति थियो । कतिपय एमालेका आफ्नै नेताहरुले सिद्धान्ततः आफुलाई पतित बनाएर पार्टीको आन्तरीक जिवनमा गम्भीर संकट ल्याएका थिय । अहिलेको समयमा दक्षिणपन्थी अवसरवाद कम्युनिष्ट आन्दोलन भित्रको मुख्य शत्रु मानेर त्यसको विरुद्ध निर्मम संघर्ष चलाउनुका साथै महाधिवेशनले राष्ट्र, जनता र पार्टी जिवनमाथी गरिएको हमलाको विरुद्ध पनि संघर्षको ठोस मार्ग तय गर्नु अपरिहार्य छ ।


विवेकशिल प्रतिनिधिज्यु हरुले महाधिवेशन बाट जड्सूत्रवाद, संकीर्णतावाद तथा दुस्साहसवादको रुपमा रहेको ‘बामपन्थी’ अवसरवाद पनि क्रान्तिका लागि हानिकारक तथा खतरनाक हुन्छ भन्ने कुरोलाई देखाउनु भई ‘बामपन्थी’ अवसरवादको विरुद्ध गरिने संघर्षको खास मोडेलको निर्माण गर्नु पनि आवश्यक छ, किनभने यी सवै धारहरु माक्र्सवाद–विरोधी हुन् । नेतृत्व तहमा भएका कमरेडलाई संकीर्ण अवसरवादीहरुले भुत्ते वनाएकै हुन भन्ने कुरा पनि प्रतिनिधिज्यु हरुले जोडादार रुपमा उठाउनुभई यस खाले आन्तरीक र वाह्य अवसरवादी तत्वको शव्द र मायाँ जालमा आईन्दा नेतृत्व पङ्ती नफस्ने कुराको सुनिस्चितता हुनेछ ।


यसरी प्रतिनिधिले दक्षिणपन्थी तथा ‘बामपन्थी’ अवसरवादको विरुद्ध माक्र्सवाद र जनताको बहुदलिय जनवादलाई लाई भुत्ते तथा अनुपयोगी पार्ने प्रयत्नको विरुद्ध, राजनीतिक मूख्र्याइँ गर्नुहुनेछ । आफ्नो समय र मुलुकको कम्युनिष्ट आन्दोलनभित्र देखापर्ने अवसरवादीहरु, (दक्षिणपन्थी र बामपन्थी) विश्वासघातीहरु, मौका खोजुवा आदिलाई चिनेर तिनीहरुको भण्डाफोर गर्नु र तिनीहरुलाई आमजनताबाट अलग्याउनु १० औ महाधिवेशनको कर्तव्य हो ।

प्रतिकृया