• ४ साउन २०८३, सोमबार
  • १:४४ बिहान

सेन्चुरी बैंक खाता खल्तीमा लिंक गर्दा स्मार्टफोन उपहार, अफर पुस ४ सम्म लागू

प्रकाशित मिति

२०७८ मंसिर ७ गते, मंगलवार ०४:१६

७ मंसिर २०७८, काठमाडौं : अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्तीको खाता सेन्चुरी बैंक खातासँग लिंक गर्दा सामसङको स्मार्टफोन जित्न सकिने भएको छ ।यो अफर मंसिर ३ देखि पुस ४ गतेसम्म लागू हुने छ । यस्तै, १०० रुपैयाँ बोनस प्राप्त गर्न सक्ने समेत कम्पनीले बताएको छ ।


यो अफर पहिलो पटक सेन्चुरी बैंक अकाउन्ट खल्तीसँग लिंक गर्ने प्रयोगकर्ताको हकमा मात्र लागु हुन्छ । यसरी लिंक गर्ने प्रयोगकर्ताको केवाईसी प्रमाणित भएको हुनुपर्ने छ । त्यसै गरि प्रयोगकर्ताको खल्ती वालेट र बैंक अकाउन्टमा दाखिला गरिएको मोबाइल नम्बर एउटै हुनुपर्ने कम्पनीले बताएको छ ।

Kamana Sewa

केही सेकेन्ड मै आफ्नो बैंक लिंक गरी उक्त लिंक गरिएको सेन्चुरी बैंक अकाउन्टबाट खल्तीमा बिना लोड भुक्तानी तुरुन्तै गर्न सकिन्छ ।

Classic Tech Desktop

प्रतिकृया