पत्रकार महासंघको चेतावनी: पार्टीका उम्मेदवार बनेका पत्रकारको सदस्यता खारेज गरिने
प्रकाशित मिति
२०७८ मंसिर ५ गते, आईतवार ०३:००
५ मंसिर २०७८, काठमाडौं : नेपाल पत्रकार महासंघले राजनीतिक दलका विभिन्न तहमा उम्मेदवार र प्रतिनिधि बनेका पत्रकारको सदस्यता खारेज गर्ने चेतावनी दिएको छ । आइतबार विज्ञप्तिमार्फत महासंघमा आबद्ध पत्रकारहरूले राजनीतिक दलका विभिन्न तहमा उम्मेदवार र प्रतिनिधि बनेको पत्रकारहरुप्रति ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
‘राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गरेमा संगठन समितिको सिफारिसमा केन्द्रीय समितिले स्पष्टीकरण सोध्ने, निलम्बन गर्ने र सदस्यता खारेज गर्ने निर्णयसमेत गर्न सक्नेतर्फ ध्यान दिन महासंघ आग्रह गर्दछ, विज्ञप्तिमा लेखिएको छ ।’
राजनीतिक दलको प्रचार विभाग वा प्रेस हेर्ने गरी बनेका समितिहरूमा रहेका महासंघका सदस्यको हकमा बाहेक राजनीतिक दलको कार्यकारी भूमिकामा काम गरिरहेकाहरूको सदस्यता महासंघको विधानअनुसार मान्य नहुने भएकाले खारेज गरिने महासंघले बताएको छ ।









प्रतिकृया