• १९ असोज २०८३, सोमबार
  • १२ः५८ दिउँसो

असफल नेतृत्वलाई विदा गर्नुपर्ने रामेछापेलीहरुको जोड

प्रकाशित मिति

२०७८ मंसिर ५ गते, आईतवार १२:५७

५ मंसिर २०७८, काठमाडौँ : रामेछाप काठमाडौ सृर्जनशील समाजले गरेको बहसमा सहभागीहरुले असफल नेतृत्वलाई विदा गर्नुपर्नेमा जोड दिएका छन् । रामेछाप जिल्लामा नेतृत्व गर्ने राजनीतिक व्यात्तिहरु असफल भइसकेका भन्दै उनीहरुलाई स–सम्मान सल्लाहकारको भुमिकामा राखि नयाँ पुस्ताहरुलाई नेतृत्व हस्तान्तरण गर्नपर्नेमा उनीहरुले जोड दिएका हुन् ।

National Life

आजव आइतबार चक्रपथस्थित अरिकल व्याङक्युटमा सहभागी रामेछापका बक्ताहरुले उक्त धारणा राखेका हुन् । रामेछाप काठमाडौ सृर्जनशील समाजले गरेको कार्यक्रममा रामेछाप जिल्लामा जन्मेर कर्मथलो काठमाडौलाई बनाई काम गरिरहेका व्यात्तित्वहरुलाई आमन्त्रण गरी रामेछापको बिकास बहस कार्यक्रम आयोजना गरेको थियो ।


कार्यक्रम अन्य कार्यक्रम भन्दा फरक ढंगवाट शुरुवात गरिएको थियो । सवैलाई संयुक्त आसन ग्रहण गराइएको थियो भने रामेछाप भिजनमा प्रतिस्मर्धामा सहभागी क्रमश पहिलो, दोस्रो, तेस्रो हुने व्यात्तिहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

कार्यक्रममा रामेछाप काठमाडौ सृर्जनशील समाजका संयोजक कृष्णहरि बुढाथोकीले संस्थाको वारेमा प्रस्ट्याएका थिए भने कार्यक्रमको तरिकाको वारेमा सचीव बिमल पाण्डेले जानकारी गराएका थिए । कार्यक्रममा पत्रकार निरज थापा, इन्नियर शम्भु अधिकारी, पुर्व कृषि बिकास बैकका कर्मचारी शिव अधिकारी, अरिकल व्याक्युटका सञ्चालक होम बुढाथोकी, गोकुलागंगा गाउपालिकाका गेली शेर्पा, उमाकुण्ड गाउपालिकाका हरिहर कार्की, लगायतको उपस्थिथिले रामेछापमा युवापुस्ता जागरुकताको काम हुन थालको सहजै अनुमान लागाउन सकिन्थ्यो ।


भने गोकुलगंगा ठोसेमा जन्मेका र सघर्ष गदै नेकपा(माल)का केन्द्रीय सदस्य युवा नेता भएका मोहन कार्कीले रामेछापको विकासको (कृपजको) अवधारणा समेत प्रस्तुत गरेका थिए ।

प्रतिकृया