प्रधानन्यायाधीश राणाले तोके ११ इजलास
प्रकाशित मिति
२०७८ मंसिर ५ गते, आईतवार १२:५३
५ मंसिर २०७८, काठमाडौँ : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले आज १० संयुक्त र एकल इजलासमा ३३४ मुद्दामा पेसी तोकेका छन् । उनले बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन् ।
राणालेले आज १० संयुक्त र एकल इजलासमा ३३४ मुद्दामा पेसी तोकेका हुन् । उनले आफ्ना लागि भने कुनै पनि पेसी तोकेका छैनन् । मुद्दामा सुनुवाइका लागि पेसी तोकिए पनि अहिलेसम्म सुनुवाइ प्रारम्भ भएको छैन ।
प्रधानन्यायाधीश राणासहित सर्वोच्चका सम्पूर्ण न्यायाधीशको बिहीबारको पूर्ण बैठक (फूलकोट)ले गोला प्रणालीसहित नियमावली पास गर्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि न्यायाधीश इजलासमा बसेर न्यायसम्पादन कार्यमा लागेका छन्।
गत कात्तिक ७ गते आइतबार मध्याह्नदेखि न्यायालय सुधारको माग राख्दै न्यायाधीशले इजलासमा बस्न इन्कार गरेका थिए । सर्वोच्चमा गत कात्तिक ८ गतेदेखि मुद्दाको सुनुवाइ हुन सकेको छैन । बीचबीचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको थियो भने गोला प्रणाली लागू गर्ने निर्णय भएपछि न्यायाधीश काममा फर्किएका छन् ।








प्रतिकृया