• २० असोज २०८३, मंगलबार
  • ५ः४० बेलुका

सुत्नुअघि ऐश्वर्यासँग माफी माग्थे अभिषेक

प्रकाशित मिति

२०७८ मंसिर ४ गते, शनिबार १०:१०

ऐश्वर्या राय बच्चन र अभिषेक बच्चन
४ मंसिर २०७८, काठमाडौं :  मुम्बई(जीन्यूज)– बलिउडको रुचाइएका जोडी ऐश्वर्या राय बच्चन र अभिषेक बच्चनको केमेष्ट्री जोकोहीलाई मनपर्छ । उनीहरुको वर्षौदेखिको बोण्डिङ आफैंमा प्रेरक छ । तर एक अन्तरवार्तामा अभिषेकले पति–पत्नीबीचको एक गोप्य कुराको खुलासा गर्दा सबै अचम्मित भएका छन् । अभिषेकका अनुसार हरेक दिन सुत्नुअघि ऐश्वर्यासँग उनी माफी माग्छन् ।

National Life

केही समय अघिको एक अन्तरवार्तामा ऐश्वर्या र अभिषेक एकसाथ उपस्थित थिए । त्यो अन्तरवार्तामा अभिषेकले आफ्नो वैवाहिक जीवनको बारेमा एक रोचक किस्सा खुलाएका थिए ।


अन्तरवार्तामा ऐश्वर्याले आम जोडीजस्तै आफ्नो पनि अभिषेकसँग झगडा परिरहने बताएकी थिइन् । ऐश्वर्याले अभिषेकसँग ‘झगडा’ नभई ‘असहमति’ हुने गरेको र असहमति नभएको जीवन दिक्क लाग्दो हुने उल्लेख गरेकी थिइन् ।

Classic Tech Mobile
Classic Tech Desktop

‘हामीले मिलेर झगडा गरेर नसुत्ने निर्णय लिएका थियौं । त्यहीकारण म हरेक दिन सुत्नु अघि अघिल्लो दिनको हरेक गल्तीका लागि ऐश्वर्यासँग माफी माग्थें । महिलाहरु त्यसै पनि आफ्नो गल्तीलाई स्वीकार्दैनन् । त्यसकारण म नै ऐश्वर्यासँग माफी माग्थें’, अभिषेकले भनेका छन् ।

प्रतिकृया