• २० असोज २०८३, मंगलबार
  • ४ः४३ बेलुका

कमला ह्यारिस बनिन् अमेरिकाको पहिलो कार्यवाहक महिला राष्ट्रपति

प्रकाशित मिति

२०७८ मंसिर ४ गते, शनिबार १०:२४

४ मंसिर २०७८, काठमाडौं : सन्ताउन्न वर्षीय कमला ह्यारिसले अमेरिकाको पहिलो कार्यबाहक महिला राष्ट्रपति बनि इतिहास रचेकी छिन् ।

National Life

जो बाइडेनले शुक्रबार आफ्नो राष्ट्रपतीय अधिकार केही समयका लागि सुम्पेपछि ह्यारिस अमेरिकाको कार्यबाहक राष्ट्रपति बनेकी हुन् । नियमित कोलोनोस्कोपीका क्रममा अस्पताल भर्ना भएका बाइडेनले छोटो समयका लागि ह्यारिसलाई आफ्नो अधिकारी सुम्पेका हुन् ।


ह्यारिस अमेरिकाकी पहिलो निर्वाचित महिला उपराष्ट्रपति हुन् । यति मात्रै होइन, उनी पहिलो अश्वेत र दक्षिण एसियाली मूलकी पहिलो राष्ट्रपति समेत हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

अमेरिकामा एनेस्थेसिया दिएर गरिने उपचारका क्रममा राष्ट्रपतिको अधिकार उपराष्ट्रपतिले प्रयोग गर्न पाउने व्यवस्था छ । यसअघि जर्ज डब्लू बुसले कोलोनोस्कोपीका क्रममा डिक चेनीलाई २००२ र २००७ मा राष्ट्रपतीय अधिकारी सुम्पेका थिए ।

(एजेन्सीहरूको सहयोगमा)

प्रतिकृया