• २ असोज २०८३, शुक्रबार
  • ५ः०० बेलुका

झलनाथ खनाल भन्छन्– एमालेमा व्यक्तिवादी प्रवृत्ति हाबी भएकाले विद्रोह गर्न बाध्य भयौं

प्रकाशित मिति

२०७८ कार्तिक २७ गते, शनिबार ०१:२८

२७ कार्तिक, २०७८ काठमाडौँ :  नेकपा एसका सम्मानित नेता वरिष्ठ नेता झलनाथ खनालले एमालेमा व्यक्तिवादी प्रवृत्ति हाबी भएकाले विद्रोह गरेर नयाँ पार्टी खोल्न परेको बताएका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै खनालले एमालेबाट समाजवादी क्रान्ति पूरा हुन नसक्ने ठहर गर्दै नयाँ पार्टी खोल्नु परेको पनि बताए ।

National Life

दुईतिहाई बहुमतलाई केपी शर्मा ओली नेतृत्वको सरकारले सदुपयोग गर्न नसकेको भन्दै उनले ओलीले गुट मात्रै चलाएका कारण अहिलेको परिस्थिति आएको आरोप लगाए । भने– हामी फुटेका होइनौं, हामीले एमाले गुटको व्यक्तिवादी प्रवृत्तिविरुद्ध विद्रोह गरेका हौं ।


पार्टी क्रमिक रुपमा विकास भइरहेको भन्दै उनले मात्रात्मकरुपमा मात्रै भन्दा पनि गुणात्मक रुपमा पनि विकास गर्नुपर्ने बताए ।पुँजिवादी जनवादी क्रान्ति पूरा भइसकेको तर्क गर्दै उनले अबको समाजवादी क्रान्तिको नेतृत्व नेकपा एसले मात्रै गर्नसक्ने बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया