• २२ जेठ २०८३, शुक्रबार
  • ४:२४ बेलुका

खोपको समान वितरणको माग गर्दै मेगन र ह्यारीले लेखे जी-२० सम्मेलनलाई पत्र

प्रकाशित मिति

२०७८ कार्तिक १३ गते, शनिबार ०४:१९

१३ कार्तिक, २०७८ काठमाडौँ :  कोभिड-१९ विरुद्धको खोप समान वितरणको माग गर्दैै मेगन मर्केल र प्रिन्स ह्यारीले जी-२० सम्मेलनका नेताहरुलाई खुला पत्र लेखेका छन् । पत्र लेखनमा उनीहरुलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) निर्देशक डा। टेड्रोसले पनि साथ दिएका छन् ।


यो सप्ताहन्त इटालीको रोममा जी-२० सम्मेलन हुँदैछ । महामारी सुरु भएयताकै यो ठूलो भौतिक उपस्थितीमा हुने सम्मेलन हो । ड्युक एन्ड डचेज अफ ससेक्सले डब्लुएचओको वेबसाइटमार्फत यस्तो पत्र लेखेका हुन् ।

Kamana Sewa

विश्व्यापीरुपमा ८ बिलियन डोजमात्र प्रयोग भएको तर, न्यून आय भएका मुलुकमा त्यसको ३ प्रतिशत मात्र खोप लगाइएको तथ्य प्रस्तुत गर्दै उनीहरुले पत्रमा बाँकी खोप कहाँ गयो भनेर ठूला मुलुकलाई प्रश्न गरेका छन् ।

Classic Tech Desktop

कोभ्याक्स संयन्त्रमार्फत न्यून आय भएका मुलुकमा १।३ बिलियन डोज खोप आपूर्तिको प्रतिबद्धता जनाइएपनि अहिलेसम्म जम्मा १५० मिलियन डोज वितरण भएको बताउँदै पत्रमा उनीहरुले बाँकी खोप किन आएन भनेर प्रश्न उठाएका छन् ।


जी-२० सम्मेलनमा भाग लिने केही ठूला मुलुकले खोपको स्टक राखेको र मिति गुज्रने वित्तिकै प्रयोगविहिन हुने भएकोतर्फ पत्रमा ध्यानाकर्षण पनि जनाइएको छ । उनीहरुले सन् २०२१ भित्र विश्वभर ४० प्रतिशत जनसंख्यालाई खोप लगाउने लक्ष्य पुरा गर्नेतर्फ पनि ध्यानाकर्षण गराएका छन् ।

प्रतिकृया