• ५ साउन २०८३, मंगलबार
  • ४:४३ बेलुका

कैलालीमा चक्कु प्रहार गरी किशोरको हत्या, एक जना पक्राउ

प्रकाशित मिति

२०७८ कार्तिक १३ गते, शनिबार ११:०१

१३ कार्तिक, २०७८ काठमाडौँ : कैलालीमा चक्कुु प्रहार गरी एक जना किशोरको हत्या भएको छ । टीकापुर नगरपालिका-८ कालीमाटीमा शुक्रबार राति सोही ठाउँ बस्ने १८ वर्षीय अनुप साउदको चक्कुु प्रहार गरेर हत्या भएको प्रहरीले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले आपसी विवादका क्रममा भजनी नगरपालिका-३ बस्ने १८ वर्षीय किरण साउदले चक्कु प्रहार गरी अनुपको हत्या गरेको जानकारी दिए । एसपी अधिकारीका अनुसार चक्कुु प्रहारबाट गम्भीर घाइते भएका अनुपको उपचारका क्रममा शुक्रबार राति नै टीकापुर अस्पतालमा मृत्यु भएको हो ।

Kamana Sewa

चक्कु प्रहार गरेर फरार भएका किरणलाई इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

Classic Tech Desktop

प्रतिकृया