• १ असोज २०८३, बिहीबार
  • २ः५४ दिउँसो

धुलिखेलमा जिपलाइन खेल्दै पुर्व प्रधानमन्त्री प्रचण्ड (फोटो फिचर)

प्रकाशित मिति

२०७८ कार्तिक ५ गते, शुक्रबार ०१:२०

५ कार्तिक, २०७८ काठमाडौँ : पुर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पारिवारिक भ्रमणका क्रममा धुलिखेल पुगेर जिपलाइन गरेका छन् । नाति नातिनी सहित पुगेका प्रचण्ड आफैले क्लासिक जिपलाइनको अनुभव लिएका छन् । सहासिक गतिविधिमा आफुलाई रुचि लाग्ने बताउँदै प्रचण्डले आफुले जिपलाइनको निक्कै मज्जा लिएको बताए । पारिवारिक घुमघाममा यस्ता गतिविधि गर्दा अझै रमाइलो भएको प्रचण्डको भनाइ छ ।

National Life

सिन्धुपाल्चोकका केदार थापा (३८बर्ष) (अध्यक्ष) र काठमाडौका भुपेश श्रेष्ठ (२९ बर्ष)ले वल्ड वाइड एड्भेन्चर प्रा लि मार्फत धुलिखेल जिप लाइन, रिसोर्ट र एडभेन्चर पार्क सन्चालनमा ल्याएका छन् । जिपलाइनको टेक अफ (थाक्लेडाँडा, धुलिखेल) देखि ल्यान्डिङ स्टेसन (खावा, पाँचखाल) सम्मको जिपलाइन दुरि ११ सय मीटर रहेको छ । भर्टिकल ड्रप दुई सय ४० फीट रहेको जिपलाइन ७० किलोमीटर प्रति घण्टाको औसत गतिमा पार हुन्छ।


काठमाडौबाट करिब ३५ किलोमीटर दुरिमा रहेको जिपलाइन २०७५ फागुनदेखि व्यवसायिक रुपमा सुरु भएको हो। धुलिखेलस्थित थाक्लेडाँडाबाट टेक अफ भई खावा, पाँचखालमा जिप लाइनको ल्याण्डिङ स्टेसन छ। क्लासिक, सुपरम्यान र टेन्डम (जोडी) गरि ३ प्रकारका जिपलाइन खेल्न पाइन्छ।

Classic Tech Mobile
Classic Tech Desktop

खावास्थित ‘ल्यान्डिङ स्टेसन’मा ८ फरक एडभेन्चर कोर्स सहित एडभेन्चर पार्क छन् । त्यहाँबाट लाङटाङ, दोर्जेलाक्पा, फूर्बीच्याचू लगायताका हिमाल समेत अवलोकन गर्न सकिनेछ ।


फोटो : बिष्णु कान्त घिमिरे

प्रतिकृया