• १९ असोज २०८३, सोमबार
  • १ः४७ दिउँसो

गुगल र फेसबुक त्यस्ता ठाउँ हुन्, जहाँ व्यक्तिको प्रतिभा मर्दै जान्छ : एलन मस्क

प्रकाशित मिति

२०७८ कार्तिक ४ गते, बिहीबार १२:३८

४ कार्तिक, २०७८ एजेन्सी : टेस्ला तथा स्पेसएक्समा मालिक एलन मस्कले पुनः एक पटक ठूला टेक कम्पनीमाथि प्रहार गरेका छन् । ट्वीटरमा जस्तोसुकै विषयमा पनि कमेन्ट गर्न भ्याउने उनले ठुलो टेक कम्पनी फेसबुक, अमेजन र गुगललाई पनि बाँकी राखेका छैनन् ।

National Life

यसअघि उनले अमेरिकाका राजधानीमा भएको हिंसामा फेसबुकका मालिक मार्क जुकरबर्ग गरेको पोस्टमा कमेन्ट गर्दै त्यसको विरोध गरेका थिए । त्यतिमात्रै नभएर उनले अमेजनले कोरोना भाइरस सम्बन्धी किताब प्रकाशनमा सेन्सर गरेको आरोप समेत लगाएका थिए ।


यसरी ठूला टेक कम्पनीमाथि नै प्रश्न उठाउँदै आएका उनले अहिले पुनः दुई ठूलो टेक कम्पनी फेसबुक र गुगललाई एकै पटक निशाना बनाएका छन् । उनले ट्वीटरमार्फत गुगल र फेसबुकजस्ता कम्पनीमा व्यक्तिको प्रतिभा विस्तार हुनुका साटो भएको प्रतिभा पनि मर्दै जाने ठाउँ भएको बताएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

जेडी रोस नामक ट्वीटर प्रयोगकर्ताले ‘गुगलको कमजोरी भनेको २२ वर्षे युवाहरूलाई भोलिका दिनमा आफ्नो संस्थासँग प्रतिस्पर्धा गर्न सक्ने संस्थापक बनाउनुभन्दा पनि करियर केन्द्रित बनाउनु हो,’ भन्दै ट्वीट गरेका थिए । उक्त प्रयोगकर्ताको ट्वीटमा कमेन्ट गर्दै मस्कले धेरैजसो ठूला टेक कम्पनी विस्तारै व्यक्तिमा भएको क्षमता मार्ने स्थान भएको बताएका छन् ।


उनको उक्त कमेन्टमा धेरै ट्वीटर प्रयोगकर्ताले के टेस्ला तथा स्पेसएक्स चै फरक छ ? कसरी टेस्लाले व्यक्तिको प्रतिभा नमर्ने यकिन दिलाउन सक्छ ? भनेर प्रश्न गरेका छन् । तर, त्यसको जवाफ भने मस्कले दिएका छैनन् ।

प्रतिकृया