• १६:३५ २०८० चैत्र १५ गते
  • 4:35 pm

नुवाकोटको किस्पाङमा बस दुर्घटना हुँदा १२ जना घाइते

प्रकाशित मिति

२०७८ कार्तिक १ गते, सोमबार ०२:०५

thumb 1 e1634545250393

१, कार्तिक २०७८ काठमाडौँ : नुवाकोटको किस्पाङ गाउँपालिकाको भुमेस्थानमा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर रहेको छ । भाल्चेदेखि काठमाडौँ जादै गरेको बा ४ ख ५७६२ नम्बर बस दुर्घटना भएको किस्पाङ गाउँपालिका प्रमुख छत्रबहादुर लामाले जानकारी दिए ।


उनका अनुसार दुर्घटना लगत्तै ८ वटा एम्बुलेन्सको सहायतामा घाइतेको उद्धारगरि जिल्ला अस्पताल त्रिशुली पठाउनेक्रम जारी रहेको छ ।


उनले भने, ‘किस्पाङबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना भएको हो । दुर्घटनामा परि १२ जना घाइते भएको र दुई जनाको अवस्था गम्भीर रहेको छ । सबैलाई जिल्ला अस्पताल त्रिशुलीमा उपचारको लागि पठाइएको छ । अहिले नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा बाँकी उद्धारको काम भइरहेको छ ।’


घाइतेहरुको उपचारका लागि त्रिशुली अस्पतालमा आकस्मिक रुपमा तयारी गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रतिकृया