• १९ असोज २०८३, सोमबार
  • ६ः५६ बेलुका

देशभरको मौसम बदली, सुदूरपश्चिममा भारी वर्षा

प्रकाशित मिति

२०७८ आश्विन ३१ गते, आईतवार ०८:१४

३१ असोज, २०७८ काठमाडौँ :  देशभर आजको मौसममा सामान्यदेखि भारी वर्षाको सम्भावना रहेको छ । भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले अधिकांश प्रदेशको मौसममा बदली भइरहेको छ ।

National Life

मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा साथै कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारी हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।


सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया