• १९ असोज २०८३, सोमबार
  • १ः०१ दिउँसो

विश्वभर ३ लाख ४२ हजार संक्रमित थपिए, मृतक कति ?

प्रकाशित मिति

२०७८ आश्विन ३१ गते, आईतवार ०८:२०

३ लाख ३१ हजार बढी संक्रमणमुक्त

National Life

३१ असोज, २०७८ काठमाडौँ :   विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख ४२ हजार ६० जना कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार बेलायतमा ४३ हजार ४२३, अमेरिकामा ३३ हजार ९१०, रुसमा ३३ हजार २०८, टर्कीमा २८ हजार ५३७, भारतमा १४ हजार ७३ ब्राजिलमा ११ हजार २५० जनामा संक्रमण पुष्टि भएको हो ।


यही अवधिमा ५ हजार ३२५ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा धेरै रुसका छन् । त्यहा मात्रै एक हजार २ जना संक्रमितको मृत्यु भएको छ । यसैगरी ब्राजिलमा ४७२, अमेरिकामा ४६४, टर्कीमा २१२ र भारतमा १४६ जनाको मृत्यु भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

गत २४ घण्टामा ३ लाख ३१ हजार ५११ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुने अमेरिकामा सबैभन्दा धेरै छन् । जहाँ ४८ हजार २४६, बेलायतमा ४० हजार ६०६, टर्कीमा २५ हजार ६११, भारतमा १९ हजार ७८५ र ब्राजिलमा १० हजार ११४ जना निको भएका छन् ।


यससँगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या २४ करोड, ११ लाख ४९ हजार ३८६ पुगेको छ । त्यसमध्ये २१ करोड ८३ लाख ९४ हजार २२६ जना निको भइसकेका छन् भने ४९ लाख ९ हजार ६६० जनाको कोरोनाकै कारण ज्यान गएको छ ।

प्रतिकृया