• २० असोज २०८३, मंगलबार
  • ४ः३७ बेलुका

राष्ट्रपतिले गरिन् पलाञ्‍चोक भगवतीको दर्शन

प्रकाशित मिति

२०७८ आश्विन २७ गते, बुधबार ०३:१७

२७ असोज, २०७८ काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले वडादसैंको महाअष्टमीको दिन बुधबार बिहान काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गरेकी छन्। उनी बुधबार पाँचखालमा रहेको वीरेन्द्र सैनिक कार्य तालिम केन्द्रसम्म नेपाली सेनाको हेलिकोप्टरमा आएकी हुन्।

National Life

१० बजे पाँचखाल पुगेकी राष्ट्रपति भण्डारी वीरेन्द्र सैनिक कार्य तालिम केन्द्रबाट करिब नौ किलोमिटर कार्गेटमार्फत पलाञ्चोक भगवतीस्थान पुगेकी थिइन्। राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समिति काभ्रेका प्रमुख जिल्ला अधिकारी सहितको टिमले स्वागत गरेको थियो।



राष्ट्रपति विद्यादेवी भण्डारी नेपाल नगरपालिका सङ्घका अध्यक्ष एवम् धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्यान्जु श्रेष्ठ, पनौती नगरपालिकाका प्रमुख भीम न्यौपाने, पाँचखाल नगरपालिका उपप्रमुख लक्ष्मी दनुवारलगायतका जनप्रतिनिधिले स्वागत गरेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

राष्ट्रपति भण्डारीले करिब १० मिनेट पलान्चोक भगवतीको पूजाआजा गरेकी थिइन्। राष्ट्रपति भण्डारी नियुक्त भएपछि हरेक वर्षको वडा दशैंको अष्टमीका दिन राष्ट्र प्रमुखको हैसियतले पलान्चोक भगवतीको दर्शन गर्दै आएकी छन्। गत वर्ष कोरोनाको कारण उनी पलान्चोक भगवतीको दर्शनको लागि आएकी थिइनन्।

प्रतिकृया