• १०:०६ २०८१ बैशाख ७ गते
  • 10:06 am

बाइडेन राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक अफ्रिकी नेतासँग भेट्दै

प्रकाशित मिति

२०७८ आश्विन २७ गते, बुधबार ०२:५६

biden uk e1634116304452

७ असोज, २०७८ काठमाडौँ : अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि जो बाइडेनले पहिलो पटक अफ्रिकी नेतासँग भेटवार्ता गर्ने भएका छन् । बिहीबार बाइडेनले केन्याका राष्ट्रपति युहुरु केन्यातासँग भेट गर्न लागेका हुन्।


केन्याता अमेरिका भ्रमणमा जाँदै छन् । उनलाई बाइडेनले अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा स्वागत गर्ने कार्यक्रम रहेको जानकारी ह्वाइट हाउसका प्रेस सेक्रेटरी जेन पास्कीले दिए । निर्वाचित भएपछि बाइडेनको अफ्रिकी नेतासँग भेटवार्ता हुन लागेको यो पहिलो पटक भएको पास्कीले जानकारी दिए।


यस भ्रमणका क्रममा केन्याका राष्ट्रपति केन्याता र अमेरिकी राष्ट्रपति जो बाइडेन बिचमा द्विपक्षीय हितका साथै आर्थिक तथा विभिन्न विषयमा कुराकानी हुने बताए ।


यसका साथै प्रजातन्त्र र शान्ति स्थापनाका साथै मानवअधिकारको रक्षा र अन्य द्विपक्षीय हितका विषयमा उनीहरूले कुराकानी गर्ने बताइएको छ ।त्यसै गरी उनीहरूका बिचमा जलवायु परिवर्तनबाट बच्ने उपायहरू अवलम्बन गर्ने विषयमा कुराकानी भएको पनि बताइएको छ ।

प्रतिकृया