• १९ असोज २०८३, सोमबार
  • ७ः४० बेलुका

मुगु बस दुर्घटना अपडेट : मृतकको संख्या ३२ पुग्यो

प्रकाशित मिति

२०७८ आश्विन २७ गते, बुधबार ०४:४६

२७ असोज, २०७८ काठमाडौँ :  मुगुमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३२ पुगेको छ । मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा भएको दुर्घटनामा २४ जनाको घटनास्थलमै, ४ जनाको ताल्चा विमानस्थल पुर्‍याउने क्रममा र उपचारका लागि नेपालगञ्ज पुर्‍याइएका थप ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

National Life

नेपालगन्जबाट मुगुको गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस पिना झ्यारीखोलामा दुर्घटना भएको हो । प्रहरीका अनुसार घटनास्थलमा मृत्यु भएकामध्ये १६ पुरुष, ७ महिला र १ बालक छन् ।

प्रतिकृया