• 2:04 am

सडक दुर्घटनाको समाचारले प्रधानमन्त्री स्तब्ध

प्रकाशित मिति

२०७८ आश्विन २७ गते, बुधबार ०४:३८

Sher Bahadur Deuba scaled 1 1 e1650360837543

७ असोज, २०७८ काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले मुगु, कास्की र अछाममा भएका सडक दुर्घटनाको समाचारले आफू स्तब्ध भएको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत् प्रधानमन्त्री देउवाले सो समाचारले आफू स्तब्ध भएको भन्दै दुर्घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकमा परेका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।


उनले ती दुर्घटनामा मृत्यु भएकाहरुका परिवारलाई उचित राहत र घाइतेहरुको उद्वार एवं निःशुल्क उपचारको व्यवस्था सरकारले गर्ने पनि बताएका छन् ।


साथै प्रधानमन्त्री देउवाले सडक दुर्घटना न्यूनीकरणका लागि सार्वजनिक–निजी सवारी साधनको नियमित परीक्षण एवं मर्मत गर्न, क्षमताभन्दा बढी यात्रु नराख्न र सुरक्षाका सबै मापदण्डहरू अपनाउन पनि ट्वीटमार्फत् सम्बन्धित सबैको ध्यानाकर्षण गराएका छन् ।

प्रतिकृया