डिशहोम फाइबरनेट सेवा भरतपुर र गैडाकोटमा विस्तार
प्रकाशित मिति
२०७८ आश्विन २५ गते, सोमबार ०३:०५
२५ असोज, २०७८ काठमाडौँ : देशको विभिन्न स्थानमा डिशहोम फाइबरनेटले आफ्नो सेवा विस्तार गरि सकेको छ । नेपालभर पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हालै भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र गैडाकोटमा पुगेको जानकारी बिक्रि प्रबन्धक मनोज शर्माले दिनु भएकाे छ र नेपालका प्रमुख शहर काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, विरगंज ,धरान, जनकपूर, विर्तामोड, ढल्केबर, बनेपा, धुलिखेल, कलैया, लाहान ,भैरहवा पनौती, पोखरा र बिराटनगर लगायतअन्य स्थानमा पुगिसकेको छ ।
छिटै नेपालगञ्ज र धनगढीमा पनि पुग्दै छ । अव ग्राहकहरुलाई उत्कृष्ट तथा उच्च गतिको इन्टरनेट सवै भन्दा कम मुल्यमा डिशहोम फाईबरनेटले प्रदान गर्ने भएको छ । ग्राहकहरुले मासिक मात्र रु ८९९ मानै १०० एमबिपिएस ईन्टरनेटको मज्जा ५ जिड्युल व्याण्ड राउटरको साथमालिन सक्नुहुनेछ । अहिले नेपालीहरुको घर आँगनमा चाड पर्वको मौसम छाई सकेको छ, यो रमाईलो पर्वको मौसमा थप खुशीयाली र उत्साह थप्न डिशहोम फाईवरनेटले “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना संचालन गरेको छ । २०७८ असोज ११ गते देखि लागु हुने यो योजना अन्तरगत डिशहोम फाईवरनेटको नयाँ कनेक्सनलिने चार जना भाग्यशाली ग्राहकहरु स्पेन घुम्न जानपाउने छन्।
स्पेन जाने चार भाग्यशाली विजेताहरुको छनौट लक्की ड्र मार्फत गरिने छ । लक्की ड्रको प्रत्यक्ष प्रशारण रमाईलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिशहोमको अन्य च्यानलहरुमा हुने छ । डिशहोम फाइबरनेटको बारेमा थपजानकारी चाहिएमा ९८०१५४४००० मा वानजिकैको डिशहोम डिलर दाईलाई संम्पर्क गरि जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।








प्रतिकृया