• १९ असोज २०८३, सोमबार
  • ३ः५१ दिउँसो

सोल्टी होटलको साधारण सभा मंसिर २८ गते, बुक क्लोज कहिलेदेखि ?

प्रकाशित मिति

२०७८ आश्विन २५ गते, सोमबार ०२:४८

२५ असोज २०७८ काठमाडौँ : सोल्टी होटल लिमिटेडको ४७औं वार्षिक साधारण सभा मंसिर २८ गते हुने भएको छ । होटलको सभा रजिष्ट्रार कार्यालय ताहाचल, काठमाडौंमा विहान ११ बजे भर्चुअल माध्यमबाट हुने भएको हो । होटलको सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने जनाइएको छ ।

National Life

कम्पनीको हाल चुक्तापूँजी ८४ करोड २५ लाख ७९ हजार रहेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर ६ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज हुने भएकोले मंसिर ६ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन पाउने भएका छन् ।

प्रतिकृया