रुकुम पश्चिममा खुकुरी प्रहारबाट एक युवक गम्भीर घाइते
प्रकाशित मिति
२०७८ आश्विन १४ गते, बिहीबार ११:४८

१४ असोज, २०७८ काठमाडौँ : रुकुम पश्चिममा खुकुरी प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । जिल्लाको आठबिसकोट नगरपालिका–३ स्यालाखदी निवासी २३ बर्षीय कर्णबहादुर बोहरामाथि ४ जनाको समूहले कुटपिट र खुकुरी प्रहार भएको हो ।
जिल्ला प्रहरी कार्यालयका सुचना अधिकृत प्रहरी निरीक्षक कपिलजंग शाहीले कुटपिट घटनामा संलग्न स्थानीय १८ बर्षीय महेन्द्र विक, २४ बर्षीय गोपाल विक, २१ बर्षीय विष्णु कामी र २२ बर्षीय कृष्ण विक रहेको र उनीहरु फरार रहेको जानकारी दिएका छन् । उनले उनीहरुको खोजी कार्य भइरहेको बताए ।
खानेपानी मुहानको बिषयमा विवाद हुँदा कुटपिट घटना भएको प्रहरीले जनाएको छ । गाडी जान नसक्ने विकट ठाउँ भएका कारण घाइतेलाई हेलिकप्टर मार्फत उपचारका लागि सुर्खेत पठाईएको प्रहरी निरीक्षक शाहीले बताए ।
Related
Recent News
- प्रभु बैंकका अध्यक्ष कार्कीले लिए गोपनीयताको शपथ
- डिशहोमले नेपालको पहिलो भर्चुअल ग्राहक प्रिभिलेज कार्ड सार्वजनिक गर्दै
- सुनचाँदी व्यवसायीको आन्दोलन उग्र, राजश्व कार्यालय अगाडि धर्ना
- गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्री क्यासिसबीच भेटवार्ता, यि विषयमा भए छलफल
- भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रीसमेत मुछिएका सांसद सिंहको आरोप
- आज नेप्सेमा गिरावट, कति भयो कारोबार ?
- आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता
- उपप्रमुखको आक्रोशपछि चाँगुनारायण कार्यपालिका बैठक अवरुद्ध, शिक्षा शाखाको कार्यशैलीप्रति गम्भीर आपत्ति
- गर्जाङ उपत्यका हाइड्रोले आईपीओ जारी गर्ने
- सर्वोच्च अदालतमा तीन न्यायाधीश र न्याय परिषद्मा एक सदस्यको नियुक्ति अनुमोदन
प्रतिकृया