• २० असोज २०८३, मंगलबार
  • ३ः०० दिउँसो

ईपीएल : पोखरालाई सात ओभरमा ५२ रनको लक्ष्य

प्रकाशित मिति

२०७८ आश्विन १३ गते, बुधबार १२:५८

१३ असोज, २०७८ काठमाडौँ : एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत पोखरा राइनोजविरुद्ध टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुर प्याट्रिओट्सले सात ओभरमा ६ विकेट गुमाएर ५२ रनको योगफल तयार गरेको छ । मैदान चिसो भएकाले समयसमा सुरू नहुँदा यो खेल सात ओभरमा घटाइएको थियो ।

National Life

पोखराका कप्तान कुशल भुर्तेल ३ रन बनाएर पेभिलियन फर्किँदा विकेटकिपर ब्याट्सम्यान १९ रनमा आउट भए । यस्तै, पवन सरार्फ ५ तथा अज्मतुल्लाह ओमारजाई १ रनमा आउट हुँदा ओशादा फर्नान्डो १० र राशिद खान शून्यमा अविजित रहे । यसअघि नारायण जोशी ११ तथा सन्दीप जोरा शून्यमा पेभेलियन फर्केका थिए ।


पोखराका लागि विक्रम शोव र नन्दन यादवले २र२ तथा केसरिक विलियम्सले १ विकेट लिए । शनिबारदेखि त्रिवि क्रिकेट मैदानमा सुरू भएको ईपीएलको चौथो संस्करणको दोस्रो दिनदेखि नै खेल प्रभावित भएका थिए । आइतबारको दोस्रो खेल नै वर्षाले प्रभावित भएपछि त्यसयता खेलहरू टस नै नभइ स्थगित हुँदै आएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

पहिलो खेलमा काठमाडौंसँग सात विकेट पराजित भएको ललितपुरको यो दोस्रो खेल हो । पोखराको भने सोमबार बिहान तय भएको काठमाडौं किङ्ग्स-११ सँगको खेल सुरू नै नभइ वर्षाका कारण स्थगित भएको थियो ।

प्रतिकृया