७३ अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम ५१२ करोडमा रोकियो

प्रकाशित मिति

२०७८ आश्विन ११ गते, सोमबार ०३:३८

nepse1 e1656324159979

११ असोज, २०७८ काठमाडौँ : साताको दोस्रो दिन आइतबार पनि शेयर बजारमा उच्च अंकको गिरावट देखिएको छ । आइतबार ६१ अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ७३ दशमलव ०५ अंकले घटेर २ हजार ६ सय ८५ दशमलव ४१ अंकमा झरेको छ । नेप्से परिसूचक २ प्रतिशत भन्दा बढीले घटेको हो ।


‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १२ दशमलव ९४ अंकले घटेको छ । कारोबार रकम पनि आइतबारको तुलनामामा सुस्ताएको छ । बजार ठूलो अंकले घटे पछि बिक्री चाप पनि कम देखियो । जसको असर कारोबार रकममा परेको हो ।


सोमबार ५ अर्ब १२ करोड ९ लाख ७३ हजार रुपैयाँको मात्रै कारोबार भएको छ । यसअघि आइतबार साढे ६ अर्बको शेयर किनबेच भएको थियो । बजार घटेपनि मनकामना स्मार्ट लघुवित्त र मैलुङ खोला हाइड्रोपावरको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्स कम्पनीको पनि शेयर मूल्य बढेको छ ।


aa

a22

प्रतिकृया