• २९ भदौ २०८३, सोमबार
  • १२ः०७ दिउँसो

प्रतिनिधिसभाको आज बसेको बैठक ६ मिनेटमै सकियाे

प्रकाशित मिति

२०७८ आश्विन ११ गते, सोमबार ०३:३१

११ असोज, २०७८ काठमाडौँ : प्रतिनिधिसभाको आज बसेको बैठक ६ मिनेटमै सकिएको छ । नेकपा एमालेका सांसदहरुको नाराबाजीका बीच बैठक केहीबेर चलेर स्थगित भएको हो । बैठकलाई सम्बोधन गर्दै सभामुख अग्निप्रसाद सापकोटाले नियमित रुपले बैठक अवरुद्ध गर्दा विभिन्न महत्त्वपूर्ण विषयमा छलफल हुन बाधा व्यवधान पुगिरहेकोतर्फ ध्यानाकर्षण गराए ।

National Life

उनले सभा सञ्चालनका लागि सहयोग गर्नु हामी सबैको समान दायित्व रहेको भन्दै सभामा आफ्ना कुराहरु राखेर बैठकलाई सुव्यवस्थित तरिकाबाट सञ्चालन गर्न आ–आफ्ना आसन ग्रहण गरी सहयोग गर्न अनुरोधसमेत गरेका थिए ।एमाले सांसदहरुको नाराबाजीकै बीच उनले राष्ट्रपतिको कार्यालयबाट विनियोजन विधेयक पारित भएको सम्बन्धी प्राप्त सूचना पढेर सुनाएका थिए ।


प्रतिनिधिसभाको अर्को बैठक असोज १४ गते बस्ने गरी तोकिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया