(ईपीएल) को पहिलो खेलमा ललितपुरविरुद्ध काठमाडौँको पहिलो जित
प्रकाशित मिति
२०७८ आश्विन ९ गते, शनिबार ०४:०७
९ असोज, २०७८ काठमाडौँ : एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा काठमाडौँ किङ्ग्स–११ ले ललितपुर प्याट्रिओट्सलाई पहिलो पटक पराजित गरेको छ । शनिबारदेखि सुरु भएको ईपीएलको चौथो संस्करणको उद्घाटन खेलमा काठमाडौँले ललितपुरलाई सात विकेटले पराजित गरेको हो ।
यसअघिका दुई सिजनमा तीन पटक ललितपुरसँग पराजित भएको काठमाडौँले चौथो संस्करणको पहिलो खेलमा साविक विजेताविरुद्ध शानदार नतिजा निकालेको हो । त्रिवि क्रिकेट मैदानमा १ सय ५८ रनको लक्ष्य पछ्याएको काठमाडौँका लागि रायन बर्ल र रहमानुल्लाह गुर्बाजले शानदार इनिङ खेले । ओपनिङमा आएका गुर्बाज ३६ बलमा ४ चौका र ४ छक्कासहित ५९ रनको आक्रामक इनिङ खेलेका थिए ।
यस्तै, ३४ बलमा ३ चौका र ७ छक्कासहित ७३ रनको अविजित इनिङ खेले । यस्तै राजु रिजाल १९ रनमा अविजित रहँदा ओपनर सुवाष खकुरेल शून्य र अमित श्रेष्ठ रनआउट भएका थिए । बलिङतर्फ ललितपुरका लागि पवन सर्राफले एक विकेट बाहेक अन्य बलरले विकेट लिन सकेनन् ।
टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरका लागि पवन सर्राफले ६२ रनको अर्धशतकीय इनिङ खेलेका थिए । काठमाडौँका लागि जितेन्द्र मुखियाले चार र गुल्शन झाले दुई विकेट लिएका थिए ।








प्रतिकृया