• २० असोज २०८३, मंगलबार
  • ९ः४० राती

कांग्रेस सभापतिमा प्रकाशमान सिंहको उम्मेदवारी घोषणा

प्रकाशित मिति

२०७८ आश्विन ९ गते, शनिबार ०४:२१

९ असोज, २०७८ काठमाडौँ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पनि पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेता सिंहले पार्टीमा आमूल परिवर्तन ल्याउनका लागि आफूले पार्टीको ‘नम्बर वान म्यान’ भएर काम गर्ने निष्कर्ष निकालेको बताए ।

National Life

नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नम्बर १७ ले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले अवसर पाएर पनि नेताहरुले काम नगरेका कारण पार्टी लथालिङ्ग अवस्थामा पुगेको उल्लेख गर्दै १४ महाधिवेशनले पनि पूरानै नेताहरुलाई नेतृत्व सुम्पिए नेपाली कांग्रेसको हालत प्रजापरिषद्को जस्तै हुने चेतावनी समेत दिए ।


उनले सिंगो पार्टी पंक्तिलाई संस्थागत ढंगले अघि बढाउन पनि आफूले पार्टीको ‘नम्बर वान म्यान’ भएर काम गर्न चाहेको बताए । नेता सिंहले आफूले लामो समयदेखि पार्टीको दोस्रो तहमा रहेर काम गरिसकेकाले पनि अब सभापति भएर काम गर्न चाहेको बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया