• 3:24 am

बेसारको प्याक लगाएपछि गर्न नहुने ५ गल्ती

प्रकाशित मिति

२०७८ भाद्र २८ गते, सोमबार १०:४८

Get Glowing skin

२८ भाद्र, २०७८ एजेन्सी : वर्षौंदेखि बेसार सुन्दरताका सामाग्रीहरुमा प्रयोग हुँदै आएको छ । विशेषगरी एन्टिअक्सिडेन्ट र एन्टिइफ्लामेट्री कम्पोनेन्ट पाइने भएकाले यसले छालामा हुने विभिन्न समस्यालाई हटाउन मद्दत गर्छ । बेसारलाई बेसन, आँटा वा दुधमा मिसाएर लगाउने गर्दा यसले राम्रोसँग काम गर्छ ।


अनुहारमा आउने एक्नी, चायाँपोतो जस्ता समस्याहरुलाई जरैदेखि निको पार्छ । तर, बेसारको प्याक लगाइसकेपछि केही गल्तीहरु गर्न हुँदैन । त्यस्ता गल्तीले सुन्दरतामा ह्रास ल्याउन सक्छ ।


१. बेसारको प्याक लगाउनेवित्तिकै साबुनले मुख धुन हुँदैन । २४ देखि ४८ घण्टापछि मात्रै साबुनले धुन सकिन्छ । बेसारको असर २४ घण्टापछि सम्म रहने भएकाले साबुन लगाउँदा निखार झन् हराउँछ त्यसैले यसको प्रयोगपछि साबुन लगाएर मुख धुन हुँदैन ।

२. बेसार लगाएको २० मिनेटभन्दा बढी अनुहारमा राख्नुहुँदैन । यदि लामो समयसम्म बेसार अनुहारमा राखियो भने पहेँलोपना बढ्छ ।

३. बेसारको प्याकमा अनावश्यक चीजहरु मिसाउनु हुँदैन । बेसारमा करक्युमिन हुन्छ । बेसारमा अन्य चीजहरु मिसाउँदा करक्युमिनसँग प्रतिक्रिया गर्ने चिज मिसाउँदा अनुहारलाई बेफाइदा पुग्छ । त्यसैले बेसारलाई गुलाब जल, दुध, दही र पानीसँग मात्रै मिसाउनु पर्छ ।

४. बेसारको प्याक लगाएपछि घामबाट बच्नुपर्छ । बेसारको प्याक लगाएर घाममा जाँदा छाला डढ्ने समस्या हुन्छ ।

५. बेसारको प्याक लगाउँदा गर्दन र घाँटीमा पनि पुरै लगाउन आवश्यक छ । अनुहार सँगसँगै घाँटी र गर्दनमा लगाउँदा सबैतिरको छालाको रङ एकै प्रकारको देखिन्छ ।

प्रतिकृया