• १३:५१ २०८० चैत्र १६ गते
  • 1:51 pm

सिंगापुरका जनक प्रकाशले काठमाडौँबाट ईपीएल खेल्ने

प्रकाशित मिति

२०७८ भाद्र २८ गते, सोमबार ११:०२

janak prakash and sandeep

२८ भाद्र, २०७८ काठमाडौँ : सिंगापुर राष्ट्रिय टिमका अलराउण्डर जनक प्रकाशले काठमाडौँ किंग्स एघारबाट भएरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । काठमाडौँले आइतबार सामाजिक सञ्जालमार्फत जनकले आगामी असोजमा हुने चौथो संस्करणको इपीएल खेल्ने जनाएको हो ।


२१ वर्षीय जनक प्रकाश दायाँ हाते ब्याट्सम्यान र दायाँ हाते बलर हुन् । उनले अहिलेसम्म सिंगापुरका लागि १५ टी२०आई खेलेका छन् । जसमा उनले ११८ रन बनाएका छन् भने १७ विकेट समेत लिएका छन् ।


नेपालका ग्लोबल स्टार सन्दीप लामिछानेको कप्तानीमा काठमाडौँले चौथो संस्करणको ईपीएल खेल्दैछ । काठमाडौँदले यसअघि नै पाकिस्तानका शाहिद अफ्रिदीलाई अनुबन्ध गरिसकेको छ ।

प्रतिकृया