• १४ असोज २०८३, बुधबार
  • ११ः०२ राती

विकास निर्माणमा राजनीति नगरौँ : रेनु दाहाल

प्रकाशित मिति

२०७८ भाद्र १२ गते, शनिबार १२:५३

१२ भाद्र, २०७८ काठमाडौँ : भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विकास निर्माणमा कोही कसैले राजनीति गर्न नहुने भन्दै सबैको सामूहिक साथ र सहयोगबाट मात्र उपलब्धी हासिल गर्न सकिने बताएकी छिन् । शनिबार कविलास स्वास्थ्य चौकी तथा डालेटार आयुर्वेद स्वास्थ्य केन्द्र भवनको शिलान्यास गर्दै उनले सो कुरा बताएकी हुन् ।

National Life

भरतपुर महानगरपालिका २९ मा कविलास स्वास्थ्य चौकी तथा डालेटार आयुर्वेद स्वास्थ्य केन्द्रको भवन लामो प्रयासपछि शिलान्यास गर्न सफल भएको भन्दै उनले तोकिएको समयमा गुणस्तरीय निर्माण सम्पन्न गरी स्वास्थ्य सेवा सञ्चालन गर्न आग्रह गरिन् । प्रमुख दाहालले भरतपुरको हिल स्टेसनको रूपमा परिचय बनाउँदै गएको रमणीय पहाडी भूगोल समेटिएको वडा नं २९ को विकासमा आफू सधैं केन्द्रित रहेको उल्लेख गरिन् ।


‘भरतपुर महानगरपालिकामा जनप्रतिनिधिको रूपमा आएसँगै आत्मनिर्भर र योजनाबद्ध विकासको लागि दृढताका साथ लागिपरेको छु’,उनले भनिन्, ‘यही दृढ इच्छा शक्तिका कारण भरतपुर एक हेर्न लायकको सहर बनिरहेको छ । शिलान्यास कार्यक्रममा उपप्रमुख पार्वती शाह ठकुरीले निर्माणाधिन स्वास्थ्य चौकी भवनको निर्माणले यस क्षेत्रका नागरिकले प्रभावकारी स्वास्थ्य सेवा प्राप्त गर्ने भन्दै समयमै गुणस्तरीय ढंगले निर्माण कार्य अगाडी बढाउन आग्रह गरिन् ।

Classic Tech Mobile
Classic Tech Desktop

भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोजराज खतिवडाले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न यो स्वास्थ्य केन्द्र सक्षम हुने विश्वास व्यक्त गरे ६९ लाख ५० हजारको लागतमा निर्माण हुन लागेको कविलास स्वास्थ्य केन्द्र ४ कोठाको हुनेछ भने पुस मसान्त भित्र निर्माण सम्पन्न गरि सेवा संचालनमा आउनेछ ।

प्रतिकृया