• १३ असोज २०८३, मंगलबार
  • ६ः४० बेलुका

पीएसजी जान सक्ने मेस्सीको संकेत

प्रकाशित मिति

२०७८ श्रावण २४ गते, आईतवार ०४:३८

२४ साउन, २०७८ काठमाडौँ : बार्सिलोनाको खेलाडीको रुपमा आफ्नो अन्तिम पत्रकार सम्मेलनमा लियोनेल मेस्सी निकै भावुक देखिए । उनले क्याम्प नाउमा आफ्नो २१ वर्षे करियर अब समाप्त भएको घोषणा गरे । गत जुनमा करार सकिएसँगै मेस्सी ‘फ्रि एजेन्ट’ बनेका थिए ।

National Life

शुक्रबार क्लबले ‘आर्थिक र संरचनात्मक बाधा’ का कारण मेस्सीलाई अनुबन्ध गर्न नसकिने जनायो । ला लिगाको तलबको मापदण्डभित्र रहेर बार्सिलोनाले ३४ वर्षीय खेलाडीलाई अनुबन्ध गर्न सकेन । ६ पटकका बालोन डि’ओर विजेताले अब नयाँ क्लब खोज्नुपर्ने भएको छ । पत्रकार सम्मेलनमा मेस्सीलाई उनको नयाँ क्लबको बारे पनि प्रश्न गरिएको थियो ।


जवाफमा मेस्सीले शुक्रबार प्रेस वक्तव्य सार्वजनिक भएपछि धेरै क्लबहरुबाट अफर आएको बताए । हाल उनी जाने चर्चामा रहेको पेरिस सेन्ट जर्मेनबाट पनि अफर आएको बताउँदै उनले भने, ‘पीएसजी पनि एउटा गन्तव्य हुनसक्छ ।’ यद्यपि, अहिलेसम्म कुनै क्लबसँग कुरा फाइनल भइनसकेको पनि उनले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

‘म यसका लागि तयार थिइनँ । गत वर्ष म छाडेर जानेमा विश्वस्त थिएँ । तर यो वर्ष म यहीँ रहन चाहन्थे । मेरै घरमा,’ उनले भने, ‘आज मैले गुडबाई भन्नु परिरहेको छ ।’ उनले आफ्नो छोराछोरीहरुलाई पछि फर्केर यहीँ आउने वाचासमेत गरेको बताए ।

प्रतिकृया