• ११ असोज २०८३, आइतबार
  • १२ः३८ दिउँसो

मनाङ बन्यो सबै नागरिकले खोप पाउने पहिलो जिल्ला

प्रकाशित मिति

२०७८ श्रावण १९ गते, मंगलवार १०:४५

१९ साउन, २०७८ काठमाडौँ : १८ वर्षभन्दा माथिकै सबै नागरिकलाई कोभिड-१९ विरुद्धको खोप लगाउने पहिलो जिल्ला मनाङ बनेको छ ।स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यका अनुसार चार हजार १९८ जना नागरिकले कोरोना खोप लगाएका छन् । जसमध्ये चार हजार ३३ जनाले पूर्ण खोप लगाएका छन् ।

National Life

कोभिशिल्डको दोस्रो खोप लगाउन १६५ जना मात्रै बाँकी रहेको आचार्यले जानकारी दिए । मनाङमा कोभिशिल्डको पूर्ण खोप लगाउने नागरिक दुई हजार ९६, जोनसन एण्ड जोनसनको पूर्ण खोप लगाउने नागरिक दुई हजार २७ र भेरोसेलको पूर्ण खोप लगाउने ७५ जना रहेको आचार्यले बताए । स्वास्थ्य कार्यालयले मनाङमा खोप लगाउने योग्य नागरिक ४५ सय रहेको प्रक्षेपण गरेको थियो ।


अन्य नागरिकहरु विभिन्न कामको सिलसिलामा देशविदेशमा रहेका कारण खोप लगाउने नागरिकको संख्या ४१९८ रहेको आचार्यले बताए ।जिल्ला बाहिर रहेका नागरिक आएमा उनीहरुलाई पनि स्वास्थ्य कार्यालयले खोप लगाउने व्यवस्था मिलाएको उनले बताए । आचार्यका अनुसारमा मनाङमा गत माघ १४ गतेदेखि खोप लगाउने अभियान सुरु भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया