• १२ असोज २०८३, सोमबार
  • ३ः४४ दिउँसो

ललितपुर महानगरद्वारा ‘एलएमसी पुलिस एक्सन टिम’ गठन

प्रकाशित मिति

२०७८ श्रावण १९ गते, मंगलवार ०६:२३

१९ साउन, २०७८ काठमाडौँ : ललितपुर महनगरपालिकाले नगर प्रहरीको सक्रियता बढाएर सेवामा प्रभावकारिता ल्याउन एलएमसी पुलिस एक्सन टिम गठन गरेको छ । सोमबार ललितपुर महानगरले नगर प्रहरी प्रमुख सितराम हाछेथुको संजकत्वमा १५ सदस्य एलएमसी पुलिस एक्सन टिम गठन गरेको हो ।

National Life

नगरभित्र विपदमा परेकालाई सहजीकरण र आवश्यक सहयोग गर्न तथा नगरवासीको समस्यालाई सम्बोधन गर्न टिम गठन गरेको महानगरले जनाएको छ ।


एलएमसी पुलिस एक्सन टिम घोषणा कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलेनगर प्रहरीलाई आम नागरिकको सहयोग र सुरक्षामा परिचालन गर्ने बताए । एक्सन टिमलाई महानगरले ज्याकेट, अग्नि नियन्त्रणमा आवश्यक पर्ने उपकरणहरु लगायतका सामाग्री उपलब्ध गराएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया