हामो नियात
प्रकाशित मिति
२०७८ श्रावण ३ गते, आईतवार ०३:२२
डा. श्रीकृष्ण श्रेष्ठ
२ साउन, २०७८ काठमाडौँ : यतिबेला कोभिड–१९ को दोस्रो लहर चलिरहेकोे छ । दोस्रो लहरबाट हुने क्षेतिको अनुमान लगाउन नसक्दा हामीले यसको दुर्दशा भोगिरहेका छौं । दोस्रो लहर आउने निश्चित प्राय हुँदा पनि जनमानस र नेतृत्वबाट बेवास्ता हुँदा हामीले यो नियति भोग्न बाध्य भयौँ । समय मै औषधि, स्वास्थ्य सामग्रीहरू र प्राण वायु अक्सिजनको पर्याप्त जोहो गर्न नसक्दा हामीले ठुलो मूल्य चुकाउन बाध्य भयौँ । यी सामग्रीहरुको चरम अभाव सँगै मुल्य तिर्नु पर्दा दोहरो मारमा पर्याैँ ।

पेशाले चिकित्सक भएको हुँदा यो बेला चिनेजानेका साथीभाई तथा आफन्तहरु र विरामीहरू बाट परामर्शको लागि अरुबेला भन्दा बढी नै फोनहरु आयौँ । गत वर्ष पहिलेको लहरका बेला पनि फोनबाट परामर्श सल्लाह सुझावहरु दिन्थौ । या बीच भक्तपुर अफ कर्मशका अध्याक्ष रत्न मानन्धर न्हुच्छे रत्न मानन्धर प्यापसनका अध्याक्ष सुरेन्द्र श्रेष्ठ भक्तपुर डक्टर्स एसोसियनका अध्याक्ष पुण्य राम खर्बुजाको तत्परतामा नि:शुल्क परामर्श सेवामा म पनि संलन भए । विशेषगरी भक्तपुरका डाटरहरु संलग्न सो सेवाको लागि छुट्टै फोनको व्यावस्थापन पनि गरिएको थियो ।

यस्तो बेला फोन लगायत अनलाइन माध्यमहरूबाट दिइने परामर्श सेवाहरुबाट कोभिडका बिरामी लगायत अरु अस्पताल जान नसकिरहेका बिरामीहरूलाई धेरै राहत भएको महसुस गरेको छु । फोन तथा अरु अनलाइन विधिबाट परामर्स दिदा बिरामीको यथार्थ अबस्था थाहा नहुने हुँदा सिकिस्त हुँदा पनि खतरा थाहा नहुने हुन सक्छ । दोस्रो लहरकको शुरूको समयमा नै मेरा अग्रज सुन्दर दाईको फोनले मैले थिमिको बफ्लो बस्तीमा कोराना तिब्ररुपमा फैलिने क्रममा रहेको थाहा पाए उहाँले भन्नु भयो–’ डा. श्रीकृण्ण घरमा बुबा अनि भाईलाई कोरोना देखियो । मैले परिस्थिति संग नाअतिन सल्लाह दिए । कोभिड बारे सल्लाह सुझाब दिँए । उहाँको गाई भक्तपुर जिल्लाको नेपाली कांग्रेस पार्टीको सभापति हुनुहुन्छ उहाँ घरम अरु दुई भाई चिकित्सक छन् ।
अहिलेलाई घरमै उपचार गरे हुने र गाह भयोे भने अस्पताल लैजान सल्लाह दिएँ । सभापतिलाई त्यही राति गाहृो भएर सुन्दर दाईले आफै नेपाल काेभिड मैत्री अस्पताल ल्याउनु भएछ । वार्डमा भर्ना हुँदा देखि नै सुन्दर दाई सँग नियमित फोनमा कुरा हुन्थ्यो । एकपटक मैले उहाँलाई हेर्ने जाँदा सास फेर्न गाहृो भएको पाए । त्यही दिन अस्पतालका वरिष्ठ चिकित्सक डा. डि .के रोशन सँग भेट भयो । प्रसंग वंश तत्काल कोभिड आइसियू संञ्चालन गर्नु पर्ने कुरा भयो ।
कोभिड आइसियू तयारी हुदैँ थियो । त्यो दिनसम्म नन् कोभिड आइसियू को रुपमा सञ्चालन गरिएको थियो । भोलिपल्ट बाट आइ.सि.यु कोभिडको बिरामीको लागि सुरु भयो । मैले सुन्दर दाईलाई भनेको थिए । “यदि उहाँलाई गाह«ो भएको छ भने आइसियु सुरु भएको छ । केही समय आइसियूमा राख्दा हेरविचार राम्रो हुन्छ । उहाँ आत्तिनुभएको जस्तो पनि लाग्यो । त्यही बेलुकी उहाँलाई आइ सियूमा सारियो । उहाँको अवस्थामा क्रमिक सुधार भयो ।
त्यहीँ बेला उहाँको बुाब लाई पनि कोभिड लागेर झाडापखाला नरोकिएपछि सोही अस्पतालमा भर्ना भएको थियो । बुबाको प्रतिरोधात्मक शक्ति, बलियो रहेछ उहाँहरु दुवै जना डिस्चार्ज हुँदा परिवारका सबै हर्षित थिए । दोस्रो लहर तिब्र गतिमा फैलिदै थियो । मेरो नजिकको दिदिको घरमा सबै परिवार कोभिडबाट ग्रसित थिए । मैले सूचना पाउँदा भिनााजु अस्पताल भर्ना भइसकेको थियो । उहाँ घर नजिकको नेपाल कोरिया मैत्री अस्पतालमा भर्ना हुनु भएको रहेछ । अस्पतालको कोभिड वार्डमा एक दुई दिनमै भएको थियो । आइ सियुू सुरु गरेको दिनमा नै मैले दैनिक जसो उपचारमा संलग्न चिकित्सक र उहाँको अवस्था बुझ्ने गर्थे ।
अस्पतालमा कार्यकारी निर्देशक डा. ज्ञानकृष्ण प्रत्यक्ष उपचारमा संलग्न भई सेवा दिइरहेको थियो । म भने भर्ना भएको दुई चार दिनमा पनि उपचारमा सुधार नआउदा आत्तिसकेको थिए । नभन्दै उहाँको अवस्था गम्भिर भयो र तुरुन्त आइसियु्ूमा सार्न पर्ने भयो तर भन्ने वित्तिकै कहाँ बाट आइसियू पाउनु ? अघिल्लो रात नै उहाँलाई आइ सियू भारिएको थियो । उहाँ त्यो रात जिवन र मृत्युको दोधारमा बिताउनु भयो ।
उहाँ एक सफल उद्योगी पनि हुुनुहुन्थो ।
भक्तपुर जिल्लाको सिचाई व्यवसाय संघको अध्याक्ष समेत रहेको उहाँको कोरोनाको कारणले मुत्यु भएको छ । त्यति बेला जो कोहीँ लाई लाग्दो हो हामी कहाँ जन्मे जहाँ हाम्रो नियतिमा बाच्नु पर्ने । मानौँ भाग्यमा बाच्न लेखिएको भए बाँचिने भए, भन्न नसकिने कस्तो बिडम्बना यस्तो लाग्यो यहाँ सरकारको उपस्थिति नै थिएन । नेतुत्वजन प्रतिनिधिहरु जिम्मेवरी निकायहरु भूमिकाहिन देखिएका थिए । दिदि पनि केही दिन अगाडी कोभिड वार्डमा भर्ना हुनु भएको थियो । कामना गरे अब दिदिलाई चाहि केहि नहोस् । दिदि डिस्र्चार्ज भए पछि भने मन अलि हलुका भएर आएको थियो ।
भाई बहिनीको टेण्ड लगाएर बच्नु पर्दाको पिडा कम थिएन । यस्तो बेला नजिकको अस्पतालबाट पाउने सहयोगमा कमी हुदाँ भाइबहिनीहरु खिन्न थिए । एक दिन मैले पढ्ेको मेडिकल कलेजका जुनियर डाक्टरको बुबा कोरोनाबाट सिकिस्त भएर वीर अस्पतालमा ल्याएको थाहाँ पाए । वीर अस्पतालको सेवा बाट विश्वस्त नभएर उनी एक निजी अस्पातालमा लैजान चाहान्थे । लाग्यो एउटा सन्तानले पैसाको प्रभाह नगरी सक्दो गरु भन्ने हुदो रहेछ । मैले चाही डाक्टरको यही भवानाले गर्दा अर्काे अस्पतालमा चाहेको बुझे ।
उहाँको उपचारमा संग्लन टिमका मुख्य चिकित्सक डा प्रज्वालले यस्तो अवस्थामा बाहिरको अस्पतालहरुमा वेड खाली हुदैँन उचित पनि नहुने गराए पछि वीर अस्पतालमा नै उपचार गराइ ठिक भएर जानु भयो । मैले कुरै कुरामा थाहाँ पाए बुबाको लागि चाहिएला भनेर किनेको मेसिन बजारको मुल्य भन्दा चार गुणा बढी थियो । यस्तो बेला पनि कसैको विश्वस र परिस्थितिको फाइदा उठाएर आफ्नो निहित स्वार्थ तिर लाग्ने बर्गको पनि कमी हुदो रहेन छ । दोस्रो लहर सुरु भएको केही दिनमा नै काठमाडौँमा अक्सिजनको चरम अबाभ भएको खबर फैलियो ।
अक्सिजनको व्यवस्था गर्न नसकेर विरामीको मृत्यु भएको खबर सरकारी तथा निजी ठुला अस्पातालहरुबाट आइरहेको थियो । यस्तो अवस्थामा आर्थिक रुपले सम्पन्न हुदा पनि स्तान्नतरण गर्दा हुने जोखिम र भनेको अवस्थामा आइसियू बेड अक्सििजन नपाईने हो की भनेर भर्ना भएकै अस्पतालमा नै रहनु पर्ने बाध्यता पनि थियो । यसै वीच टोलको साथीले फोन आउँछ –“डाकसाब हेर्नुस् न कोभिड भएको एक हप्ता भयो । मलाई छाती कहिले काहीँ भारी भएको जस्तो चक्कर लागिरहने भई राख्यो ।
मैल भने सास फेर्ने गाहृो भएको छैन भने आत्तिनु पर्दैन अक्सिजनको मात्रा जाचँ गर्दै गर्नू । पोषिलो खानेकुरा खानु र औषधीहरु दिन्छु खानुहोला । ती मित्रको दिनमा २–३ पटक फोन आउथ्यो । वरपरका चिने जानेका मान्छेको मृत्यको खबर अनि सामाजिक संजालहरुमा श्रद्धाञ्जलीका फोटोहरु हेरेर आत्तिए पनि होला ति मित्र साना-साना कुरामा पनि फोन मेसेज गर्नुहुन्थ्यो । यी मनोभावहरु बोलीमा प्रष्ट झल्किन्थ्यो । मेरो उहाँहरुलाई सानत्वना दिन बदो नै समय जान्थ्यो ।
भयले गर्दा ती साथीमा अनेक शंका आशंका गर्ने मनोदशा उत्पन्न भएको रहेछ । पछि मैले उहाँहरुलाई धेरै नै शंका लागेमा एक चोटी नजिकैको स्वस्थ्य संस्थामा फिजिसियन डाक्टर संग चेकहप गर्न सल्लाह दिए । उहाँले नेपाल कोरिया मैत्री हस्पतालमा बरिष्ट मुटु रोग विशेषज्ञतथा माइक्रोबायोजिष्ट डा. सञ्जय श्रेष्ठ र डा. गोपालसित निवारण पोलिक्लिनिक चेकअप गराउनु भयो । उहाँहरुले आवश्यक जाच गरि उपचार र सल्लाह दिंदा पनि ती मित्र औषधी प्रयोग गर्न आनाकानी गरिरहनुभयो ।
यस विषयमा मैले उहाँलाई फेरी सम्झाउनु प¥यो । साथी उहाँहरु यस सम्वन्धमा बिज्ञ हुनुहुन्छ । उहाँहरुको सल्लाह सुझाव र उपचार तुरुन्तै शुरु गर्नु होला । पछि उहाँले मान्नु भयो । र विस्तारै सुधार भयो । कहिलेकाँही भेट हुदा भन्नु हुन्छ डाकसाब धेरै धेरै धन्यवाद त्यो वेला त मलाई के भयो भयो सारै डर लाग्यो । मरिने पो हो कि भनेर नि । तपाईको सल्लाह सुझावले धेरै फाइदा भयो । “डाक्टरसाब मलाई धेरै नै गाहृो भयो । म त अब घरमा बस्न सकिन मलाई वेड मिलाई दिनुहोस् ” एक सासमा भनिन् ।
फोन गर्ने व्यक्ति केहि दिन अगाडि मैले थिमि नजिकै बस्ने उनका दाजु ( राम–परिर्वतन नाम) लाई कोभिड बारेमा परामर्श दिएको थिँए । दाजु मार्फत नै उनले मसित परामर्श लिएका थिए । दाजु वहिनी एउटै अफिसमा काम गर्ने दुवै जनालाई संक्रमण भएको थियो । सबै अस्पतालमा बेड भरिएको अवस्था थियो । यस्तो अवस्थामा कुनै अस्पतालमा खाली बेड पाउन धेरै गाहे थियो । मैले तिनलाई सम्झाए –“ अहिले बेडहरु भरिएका छन् । तपाई नजिकैको अस्पतालमा केहिँबेर भुइँमा वस्नु परेपनि तपाईको उपचार हुन्छ ।
नजिकैको कोभिड अस्पतालमा गइहाल्नुहोस् । ”उनको अवस्थाबारे रामजीलाइ पनि अवगन्ध गराए र सहयोग गर्न भनें । एक दुईदिन पछि अचानक फोन आउँछ–डाकसाब राजमीलाई धेरै गाहे भएर नेपाल कोरिया अस्पतालमा ल्यएको छु । के गर्ने होला ? म उहाँको साथी बोलेको हो ।” मैले प्रतिउत्तरमा “त्यहाँ इर्मजेन्सीमा जानु केही बेर कर्नु परे पनि अक्सिजन लगाइदिई हाल्नुहुन्छ । सजिलो हुन्छ ।” केही दिन अगाडि मात्र उक्त अस्पतालमा मेउर साव मदनसुन्दर श्रेष्ठ ज्यूको तत्परतामा अक्सिजन प्लान्ट जडान गरिएकोले यस अस्पताल आउँने विरामीहरुलाई राहत मिलेको थियो ।
पछि थाहा पाएँ अवस्था जटिल नभएकोले जाँच गरि औषधीहरु दिई घरमै उपचार गर्ने सल्लाह दिएको रहेछ । म विहानको आठ बजे देखि आफ्नो गन्तव्य वीर अस्पताल जाने तर्खरमा हुन्छु । मोवाइलमा भाइवरको आवजले मेरो उकाग्रता हराउँदछ । “डाकसाव म अहिले अमेरिकावाट वोल्दैछु काठमाडौँमा भाई, वहिनी र अन्य परिवारको सदस्यहरुलाई कोभिड भएको छ । तपाईलाई मेरो फोन गर्ने छन् । कृपया केही सल्लाह सुझावहरु दिनुहोला ।” केहीदिन पछि फोन आयो । मैले सल्लाह सुझाव तथा केही औषधीहरु मेसेज गरिदिए ।
आजकल मेरो फोनको घण्टी कम नै बजिरहेको छ । दोस्रो कोरोनाको लहर अलि मत्थर भए पनि हटिसकेको छैन । भविष्यमा आउन सक्ने तेस्रो चौथो लहरहरुका कल्पनाले जोसुकैको मन आतिन्छ । दोस्रो लहरले आउँदा दिनहरुमा आउन सक्ने खतराहरुलाई सुजक गराएको छ । यस अनुरुप यथोचित तयारीको कुनै विकल्प छैन र रोकथामको अर्को उपाय खोप हो । सरकारले आ.व २०७८/२०७९ मा स्वास्थ्य क्षेत्रमा छुट्टयाएको हिसावले अव कुनै दाताको मुख नहेरी सिधैँ खरिद गरेर जनतालाई राहत दिनुबाट सरकार पछि हटेमा अलिकति रहेको विश्वास पनि खतम भई घोर निराशाको बादल मडारिने छ ।




प्रतिकृया