• १३ असोज २०८३, मंगलबार
  • ९ः५६ राती

सानिमा बैंकका ग्राहकहरुलाई दराजको महाबचत बजारमा विशेष छुट

प्रकाशित मिति

२०७८ श्रावण ३ गते, आईतवार ०३:१६

३ साउन, २०७८ काठमाडौँ : सानिमा बैंकले अनलाइन सपिङ पोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट दिने भएको छ । दराजको महाबचत बजार योजना अन्तर्गत सानिमा बैंकका ग्राहकहरुले डेबिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम रु १५ सय सम्मको छुट प्राप्त गर्न सक्नेछन् भने क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा २० प्रतिशत वा अधिकतम २ हजार सम्मको छुट प्राप्त गर्न सकिनेछ ।

National Life

यो योजना २०७८ साउन ३ देखि २०७८ साउन ७ गतेसम्म लागू हुनेछ । उक्त समझदारीपत्रमा सानिमा बैंक लि को तर्फबाट डिजिटल बैंकिङ विभागका प्रमुख विकास श्रेष्ठ र दराज केयमु प्रालिको तर्फबाट डिजिटल पेमेन्ट पार्टनरसीप म्यानेजर अरुण फुयाँलले हस्ताक्षर गरेका छन् ।


सानिमा बैंकको देशभर ८६ शाखा कार्यालय, १७ विस्तारित काउन्टर र ९५ एटिएम सञ्चालनमा रहेका छन् । सानिमा बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ आउटलेट, होटेल, रेष्टुरेण्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया