• ८ असोज २०८३, बिहीबार
  • ३ः३८ राती

शतप्रतिशत उठ्यो मूल्य अभिवृद्धि कर, लक्ष्य भेट्न अझै ६० अर्ब राजस्व उठाउनु पर्ने

प्रकाशित मिति

२०७८ असार २८ गते, सोमबार ०४:३५

काठमाडौं : असार बसान्तको अन्तिम महिना । किसानलाई धान रोप्न चटारो भएजस्तै सरकारलाई खर्च गर्न र कर उठाउन उत्तिकै चटारो हुन्छ । कोभिड महामारीले सिथिल बनेको अर्थतन्त्र मुस्किलले गतिशिल बन्दै गर्दा पनि राजस्व संकलनमा भने उत्साह नै देखिएको छ ।

National Life

चालु आर्थिक वर्षको असार २७ गतेसम्म भएको राजस्व संकलनलाई हेर्दा लक्ष्यभन्दा केहि कममात्रै राजस्व संकलन भएको छ । हुन त ठूला उद्यमी तथा व्यवसायीले मूल्य अभिवृद्धि कर ‘भ्याट’ दुबै बुझाइसकेको अवस्था छ र भ्याट लक्ष्यभन्दा केही बढी उठेको छ ।


आन्तरिक करमा ठूलो हिस्सा बोकेको आयकर लक्ष्यको तुलनामा करिब २० प्रतिशत पुग्न सकेको छैन । भ्याट र शिक्षा सेवा कर बाहेक अन्य कर लक्ष्यको तुलनामा कम नै उठेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

बाँकी ४ दिनमा लक्ष्य पुर्याउन आन्तरिक राजस्व विभागले करिब ६० अर्ब ४८ करोड कर उठाउनु पर्ने देखिएको छ । ४ खर्ब ५० अर्ब लक्ष्य पाएको विभागले यस अवधिसम्म जम्मा ८६.५७ प्रतिशतमात्रै राजस्व संकलन गरेको छ । आज असार २७ गतेसम्म ३ खर्ब ८९ अर्ब ८५ करोड ८७ लाख रुपैयाँ राजस्व संलकन भएको छ ।


यद्यपि विभागले कोभिड महामारीके बीच गरेको राजस्व संकलन भने सन्तोषजनक मान्नु पर्ने विभागको भनाइ छ ।


कोभिड–१९ महामारी कै बीच सरकारले शतप्रतिशत मूल्य अभिवृद्धि कर ‘भ्याट’ संकलन गरेको छ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षका लागि विभागलाई १ खर्ब १२ अर्ब ३ करोड ६२ लााख भ्याटको लक्ष्य दिएको थियो । सो लक्ष्य पुरा भएको विभागले जानकारी दिएको छ । भ्याटको लक्ष्य पुगिसकेको विभागका निर्देशक अर्जुन ढकालले जानकारी दिए ।


‘हामीले लक्ष्यभन्दा केही बढी मूल्य अभिवृद्धि कर संकलन गरिसक्यौ,’ उनले भने ‘आयकर पनि पुग्ने छाट देखिएको छ ।’ किनकी विशेष गरेर ठूला करदाताले महिनाको अन्तिममा कर तिर्छन,’ उनले भने । विभागले यस वर्ष १ खर्ब १२ अर्ब २७ करोड ७५ लाख भ्याट संकलन गरेको उनले बताए ।


‘आयकर त्रैमासको अन्तिमतिर बढी उठ्छ,’ उनले थपे ‘ यो अवधिसम्म लक्ष्यको तुलनामा ७९.८९ प्रतिशत अर्थात १ खर्ब ६८ अर्बमात्रै १२ करोड ९० लाखमात्रै आयकर संकलन भएको छ ।’ अर्थ मन्त्रालयले विभागलाई चालु आवमा २ खर्ब १० अर्ब ९८ करोड ७२ लाख आयकरको लक्ष्य दिएको थियो ।


विभागले असार २७ गतेसम्म जम्मा ७९ अर्ब ७९ करोड रुपैयाँ आन्तरिक अन्तःशुल्क उठाएको छ । संकलित कर लक्ष्यको तुलनामा १७ प्रतिशतले कम हो । विभागलाई चालु आवमा ९५ अर्ब ७८ करोड ३५ लाख अन्तःशुल्क उठाउन लक्ष्य निर्धारण गरिदिएको थियो ।


लक्ष्यको तुलनामा ब्याजकर पनि पुग्न सकेको छैन । सरकारले सो शीर्षकबाट २३ अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा २१ अर्ब ८४ करोड ५२ लाखमात्रै ब्याजकर उठाएको छ ।


त्यसरी घरवहाल कर पनि लक्ष्यको ६३.६३ प्रतिशतमात्रै उठेको छ । घरवहालबाट ४ अर्ब ४ करोड ६१ लाख राजस्व उठाउने लक्ष्य लिएकोमा जम्मा २ अर्ब ५७ करोड ४७ लाखमात्रै वहालकर उठाएको छ ।


कोभिडका कारणले होला स्वास्थ्य कर बढी उठेपनि शिक्षा कर भने एक चौथाइमात्रै संकलन भएको छ । सरकारले स्वास्थ्य क्षेत्रबाट ३ अर्ब १३ करोड ९३ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएपनि ४ अर्ब ८७ करोड ५४ लाख राजस्व संकलन भएको छ । शिक्षा कर उठाउन भने यो वर्ष सरकारलाई धौ धौ परेको छ । १ अर्ब ३४ अर्ब लक्ष्य तोकिएकोमा जम्मा ३६ करोड ६४ लाखमात्रै राजस्व संकलन भएको छ ।


असारमा लक्ष्यको ४० प्रतिशतमात्रे राजस्व संकलन

समग्रमा राजस्व पुग नपुग हुने देखिएपनि असार महिनामा भने अहिलेसम्म जम्मा ४० प्रतिशतमात्रै राजस्व संकलन भएको छ । असार महिनमा विभागले राजस्वका सबै शीर्षकमा गरी ७१ अर्ब ८६ करोड ४५ लाख लक्ष्य पाएपनि अहिलेसम्म जम्मा २८ अर्ब ९७ करोड


२८ लााखमात्रै राजस्व संकलन गरेको छ । यो महिनामा ब्याजकर र अन्तःशुल्क लक्ष्यको ९० प्रतिशतभन्दा माथि उठेपनि भ्याट पनि यो महिनाको लक्ष्यको तुलनामा जम्मा ५७ प्रतिशतमात्रै उठेको छ । यो महिनामा पनि स्वास्थ्य कर भने लक्ष्यभन्दा करिब दोब्बर हुन पुगको छ । असारमा स्वास्थ्य क्षेत्रबाट २७ करोड राजस्व उठाउने लक्ष्य लिएपनि ५० करोडभन्दा बढी राजस्व संकलन भएको विभागले जानकारी दिएको छ ।

प्रतिकृया