• १७:१४ २०८० चैत्र १५ गते
  • 5:14 pm

युरो कपको उपाधि इटालीलाई, इंग्ल्यान्ड पेनाल्टी सुट आउटमा अभागी

प्रकाशित मिति

२०७८ असार २८ गते, सोमबार ०३:५९

1626040802 lDyvX

काठमाडौं : युरो कपको उपाधि इटालीले जितेको छ । इंग्ल्यान्डलाई पेनाल्टी सुट आउटमा पराजितगर्दै इटालीले उपाधि जितेको हो । निर्धारित समय र अतिरिक्त समयमा समेत खेल एक–एक गोलको बरावरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीबाट गरिएको हो ।


पेनाल्टीमा ३–२ गोल अन्तरले बिजयी हुंदै इटालीले उपाधि उचालेको हो । पेनाल्टीमा अभागि सावित हुंदा फेरी एक पटक इङल्याण्ड इतिहांस रच्नबाट बन्चित रह्यो । पेनाल्टीमा इटालीको दोश्रो प्रहार इङल्याण्डका गोलकिपरले रोकेका थिए ।


इङल्याण्डको तेश्रो प्रहार पोलमा लागेर बाहिरिएको थियो । इङल्याण्डको चौथो प्रहार इटालीका गोलकिपरले बिफल बनाएका थिए । इटालीको अन्तिम प्रहार इङल्याण्डका गोलकिपरले रोके । इङल्याण्डको अन्तिम प्रहार पनि इटालीका गोलकिपरले रोकेपछि इटाली विजयी भएको हो ।


युरो कपको फाइनल अन्तर्गत सोमवार बिहान भइरहेको खेल निर्धारित ९० मिनट र अतिरिक्त समयमा समेत एक–एक गोलको बरावरीमा टुंगिएको थियो । पहिलो हाफमा इंग्ल्यान्डले अग्रता लिएपनि दोश्रो हाफको ६७ मिनटमा गोलगर्दै इटालीले खेल बरावरीमा ल्याएको हो ।


लण्डनथित बेम्बली रंगशालामा नेपाली समय अनुसार राती १२ : ४५ वजे शुरु भएको खेलमा दोश्रो मिनटमै गोलगर्दै इंग्ल्यान्डले अग्रता लिएको थियो । इंग्ल्यान्डका लागि जर्सी नं. ३ का लुकशले गोल गरे ।


खेलको ६७ मिनटमा गोलगर्दै इटालीले खेल बरावरीमा ल्याएको छ । इटालीका लागि बनुचीले शुन्दर गोल गरे । त्यसपछि कुनै गोल नहुंदा खेलमा अतिरिक्त ३० मिनट थप गरिएको समयमा समेत गोल नभएपछि खेलको निर्णय पेनाल्टीबाट भएको हो ।


डेनमार्कलाई २–१ गेलअन्तरले हराउँदै इंग्ल्यान्ड पहिलो पटक फाइनलमा प्रवेश गरेको थियो । इंग्ल्यान्डले ५५ वर्षपछि मुख्य प्रतियोगिताको फाइनलमा पुगेको हो । सन् १९६६ मा सम्पन्न विश्वकपको फाइनल खेलेपछि इंग्ल्यान्ड फुटबल टिमले मुख्य प्रतियोगितामा फाइनल यात्रा तय गर्न सकेको थिएन ।


क्वाटर फाइनलसम्मको यात्रामा एक गोल पनि नखाएको इंग्ल्यान्ड सेमिफाइनलमा एक गोल खाएपनि ५५ वर्षपछि मुख्य प्रतियोगिताको फाइनलमा पुगेको हो । इटालीले सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा पराजितगर्दै फाइनल यात्रा तय गरेको थियो ।


सन् १९६८ मा युरो कपको उपाधि जितेको इटाली सन् २००० र २०१२ मा फाइनलसम्म पुगेपनि उपाधि उचाल्न सकेको थिएन । चार पटकको विश्वकप विजेता इटालीले पछिल्लो पटक २००६ मा विश्वकप उचालेको थियो । पछिल्लो समय उच्च लयमा रहेको इटाली लगातार ३३ खेलमा अपराजित रहंदै आएको छ ।

प्रतिकृया